News Portal

  • बुद्ध एयरमा सेयर बिबाद

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ बैशाख २०८०
    ३२४ पटक
    भक्तपुर, २८ बैशाख २०८०

    हवाई क्षेत्रमा नाम चलेको एयरवेज बुद्ध एयरका सञ्चालकको बिबाद बाहिर आएको छ । दुई भाइबीचको अंश बिबाद बाहिर आएको हो ।

    बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि उनका दुई छोरा वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच सेयर भागबन्डाको विषयमा ठुलो बिबाद देखिन्छ । कान्छा भाइ शिवेन्द्रबहादुरले बुधबार पत्रकार सम्मेलन गर्दै बिबाद सार्वजनिक गरेका छन् ।

    आफ्ना बुवा सुरेन्द्रबहादुर बस्नेतले दुई दाजुभाइलाई भागबन्डा गरेको सेयरको कुनै हिसाब नदिई सेयरको स्वामित्वबाट समेत वञ्चित गर्दै कम्पनीबाट दाजुले आफूलाई निकालिदिएको उनले पिडा पोखेका छन् ।

    कम्पनीमा ४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानुनबमोजिम लिखित रूपमा सम्बन्धित कागजात माग्दा उपलब्ध नगराइएको, आधिकारिक हिसाबकिताब नदेखाइएको मात्र नभई विभिन्न बहाना बनाउँदै कम्पनीको कार्यालयमा जानसमेत रोक लगाइएको उनले खुलासा गरे ।

    दाजु वीरेन्द्रबहादुरले पैत्रिक सम्पत्ती एकलौटी गरेको उनको आरोप छ । आफूलाई कम्पनीको साधारण सभा र बोर्ड मिटिङमा समेत बोलाउन बन्द गरिएको भन्दै उनले न्यायको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...