News Portal

  • आफ्नै पार्टीका परेपनि छाडिन्न : उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ बैशाख २०८०
    ३५१ पटक
    भक्तपुर, ३१ बैशाख २०८०

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण देशलाई बेइज्जत गर्नेगरी राज्य विरुद्ध गरिएको अपराध भएको भनेका छन् । आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाइ बेच्ने गिरोहमा संलग्न देखिएका सबैलाई कारवाही गर्ने समेत उनको भनाइ छ ।

    आइतवार प्रेस सेन्टर नेपालका प्रतिनिधिहरुहरु संग सिंहदरवारमा अन्तरक्रिया गर्दै उनले निर्दोष नपर्ने र दोषी उम्कन नसक्ने जिकिर गरे । नेकपा(माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले यो गिरोहमा आफ्नै पार्टीका परेपनि नछाडिने प्रतिवद्धता पनि प्रकट गरेका छन् । ” देशको बेइज्जत गर्नेहरु कुनै पार्टीका पनि हुदैनन्, यस्ता भ्रष्ट र देशद्रोही जोकोही भएपनि कारवाहीबाट उम्किन सक्दैन ।” उनले भने ।

    आफूलाई प्रधानमन्त्री प्रचण्डको दरिलो साथ र निर्देशन प्राप्त भएको भन्दै उनले भ्रष्टाचार र कमिसनको नेक्सस तोडेर नै छोड्ने उद्घोष समेत गरे । ” देशमा सुशासन र सम्वृद्धिको बाधक बनेका कमिसन र भ्रष्टाचारका नेक्सस पूरै तोड्छौ ।” उनी दृढ देखिए ।

    आफूले प्रहरीलाई निर्धक्क अनुसन्धान गर्न र प्रमाण बमोजिम कानुनी कारवाही अघि बढाउँन निर्देशन दिएको उल्लेख गर्दै उनले राजनीतिक दबाब र प्रभावमा प्रहरी नरहेको प्रष्ट पारे ।

    आइतवार नै प्रहरीले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै १२ जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धान अघि बढ्दै जादा ठुला नेताहरु मुछिएपछि सरकारले अनुसन्धानलाई अझ महत्वका साथ् अघि बढाएको उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले जनाएका छन् ।

    ठुला नेताहरु अनुसन्धानका दायरामा आए संगै जनतामा सरकारप्रति भरोषा र अनुसन्धान प्रति बिश्वास बढ्दै गएको छ । उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको राजनीतिक कद यसले अझ उँचो बनाएको देखिन्छ । उक्त अवसरमा प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहाल, अध्यक्ष बिष्णु सापकोटा जुगल लगायत उपस्थित पत्रकारले गृहको पछिल्लो कदमले जनतामा आशा र भरोषा जागृत भएको भन्दै सम्पूर्ण  देशभक्त जनताहरुको समर्थन देखिएकाले अनुसन्धान पूर्ण सफल रहने बिश्वास व्यक्त गरेका थिए । अन्तरक्रियामा नक्कली भुटानी शरणार्थीको विषयमा मात्र नभई आफैले पाउने सुराकी खर्च खारेजी देखि तत्कालीन गृह मन्त्री रवि लामिछानेले स्वीकृत गरेका देशघाती कार्यविधिको खारेजी र सामन्तबादको भद्दा अवशेषका रुपमा रहेको मिटर ब्याजी साहुहरुलाई कार्वाही तथा पीडितलाई न्याय दिन बनाइएको प्रभावकारी आयोगको प्रेस सेन्टरका पत्रकारहरुले खुलेर प्रशंंसा गरेका र थप केही सुझाव समेत दिएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...