News Portal

  • भक्तपुरका सरकारी सवारी चालक थप जिम्मेवार बन्नुपर्नेमा जोड

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २ जेठ २०८०
    ६४९ पटक
    bhaktapur traffic policeभक्तपुर, २ जेठ २०८०

    भक्तपुरमा रहेका सरकारी कार्यालयका सवारी चालकहरु सवारी चलाउँदा थप सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ । सरकारी सवारी चालक सरकारको प्रतिनिधि पनि भएकोले नियम मिच्ने छुट नभएको भन्दै थप सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको हो ।

    मंगलबार जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजना एवं जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको समन्वयमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा सरकारी सवारी चालकहरुलाई सुरक्षित तरीकाले सवारी चलाउँन प्रेरित गरिएको थियो ।

    अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सुरक्षित यात्राको लागि अन्य चालकले सरकारी सवारी चालकको सिको गर्नेगरी जिम्मेवारीपूर्वक सवारी चलाउँन निर्देशन दिएका थिए । सरकारी सवारी चालकमाथि सर्वसाधारणको पनि नजर रहने हुँदा गल्ती गर्नु नहुने उनले स्पष्ट पारे ।

    कार्यक्रममा सहायक सिडिओ माधवप्रसाद घिमिरेले गल्ती गर्ने चालकलाई सरकारी सवारी चलाएकै आधारमा छुट हुन नसक्ने भन्दै यस्ता चालकलाई ट्राफिक प्रहरीले मात्र नभई जिल्ला प्रशासन कार्यालयले पनि कारवाही गर्ने चेतावनी दिएका थिए ।

    जिल्लास्थित सरकारी सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीले सचेतना कक्षा लिएका थिए । उनले चालकले कसरी आफू र आफ्ना यात्रीका साथै अन्य सडक प्रयोगकर्ताको सुरक्षा गर्ने भन्ने विषयमा जानकारी गराएका थिए ।

    उक्त अवसरमा ट्राफिक प्रहरी निरीक्षक कार्कीले दुर्घटनाको मूख्य कारण तीब्र गती, लापरवाही, मादक पदार्थको सेवन र सवारीको यान्त्रिक गडबडी तथा सडकको दुरावस्था हुने हुँदा चालक यसप्रति सचेत रहनुपर्नेमा जोड दिए ।

    भक्तपुरमा मात्र १० महिना यता तीब्र गतिका कारण १४५ सवारी दुर्घटना भएका र सो भन्द बढी चालकको लापरवाहीले १ सय ५५ र मादक मदार्थ सेवनले ४८ दुर्घटना भएका तथ्यांक पेश गर्दै उनले दुर्घटनाको निर्मम दृश्य सम्झेर सवारी चलाउनुपर्ने बताए ।  ट्राफिक नियमको पालना गरे दुर्घटना नहुने उनको भनाइ छ । उनले केकस्ता कारण जानी वा नजानी ट्राफिक नियम उल्लंघन हुनेगर्छ र कसरी ट्राफिक नियमलाई प्रभावकारी रुपले पालना गर्न सकिन्छ भन्नेबारे टिप्स दिएका थिए । उक्त अवसरमा सहभागीहरुले ट्राफिक नियम, दुर्घटना र सुरक्षीत यात्राबारे अनुभव आदानप्रदान गरेका थिए । कक्षा दुई सेसनमा गरी दिनभर चलेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...