News Portal

  • राजधानीमा चेतन कार्कीको स्मृतिसभा

    इभक्तपुर संवाददाता
    ३६५ पटक

    २०८० जेठ २, काठमाडौं । चेतन कार्की प्रतिष्ठानले आज वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको दोस्रो पूण्यतिथि तथा प्रथम स्मृति दिवस कार्यक्रमको आयोजना गरी चेतन कार्कीको योगदानको चर्चा गर्यो ।

    चेतन कार्की प्रतिष्ठानकि अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक गणेश रसिकले चेतन कार्कीको योगदानको विशेष चर्चा गर्नु भयो ।

    कार्यक्रममा चेतन कार्की प्रतिष्ठानकी संरक्षक श्रीमती गंगा कार्की, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., वरिष्ठ कलाकार बसुन्धरा भूषाल, वरिष्ठ गायक प्रेमराजा महत, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वरिष्ठ साहित्यकार उषा शेरचनलगायतले पनि चेतन कार्कीको योगदानबारे विशेष मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन महासचिव मुरारि सिग्देलले गर्नु भएको थियो ।

     

    कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलालाई चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित हुनु भएकोमा टीका, मालालगाएर बधाई ज्ञापन गरिएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानले “चेतन कार्की सर्जक पुरस्कार”को स्थापना गर्ने, स्मृतिग्रन्थ प्रकाशन गर्ने पनि जानकारी गराइएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानकी सल्लाहकार वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा शीला, वरिष्ठ कलाकार चैत्यदेवी सिंह, प्रतिष्ठानका सचिव रितु कंडेल, कोषाध्यक्ष पंकज कार्की, सदस्यहरु राधेश्याम लेकाली, दिव्य गिरी, प्रमाश्री कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, वरिष्ठ साहित्यकार सर्जकहरु प्रदीप बमजन, शरद प्रधान, रविन्द्र खड्का, नरेन्द्र्बहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, शंकर भारती, प्रद्युम्न जोशी, भीष्म उप्रेती, सुशीला देउजा, प्रा.डा. सुमन ढकाल, विजय सागर (भैरहवा), राजेश ढुंगाना (झापा), प्रा.डा. गोविन्दमान सिंह कार्की, निर्मलरमण पराजुली, राजेश खनाल, प्राज्ञ सुभद्रा भट्टराई, पूजा आराधना (विराटनगर), मन्जु गिरी (मोरङ), डा बुनु दाहाल, डा. शान्ति गिरी, गीता अधिकारी, प्रकाश घायल, अश्विन कोइराला, विजयध्वज थापा, नीता श्रेष्ठ, उषा के. सी., राज रजक, विक्रमभक्त जोशी, विनोद नेपाल, देविका तिमिल्सिना, शान्ति शर्मा, धीरकुमार श्रेष्ठ, तारा के. सी., रेणु अधिकारी, रत्नलक्ष्मी श्रेष्ठ, बीना पोखरेल, कृष्ण खनाल, सुदर्शन श्रेष्ठ, बरिष्ठ छायाकार मन्जुकुमार श्रेष्ठ, वरिष्ठ सिगांर आर्टिस सन्तु तामागं, विजय जिरेल, लक्ष्मी अप्सरा पाण्डे, सिर्जना दाहाल, अमला महर्जन, चिरिमाया महर्जन, रश्मी थापा, शोभा गौतमलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...