News Portal

  • सखीद्वारा तीन दिने उदघोषण प्रशिक्षण सम्पन्न

    इभक्तपुर संवाददाता
    ४०९ पटक
    २०८० जेठ ४, काठमाडौं । साहित्य, संस्कृति र महिला सशक्तिकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा ९ सितको सहकार्यमा आयोजना गरेको “तीन दिने उदघोषण प्रशिक्षण” कार्यक्रम आज सम्पन्न गरेको छ ।
    चौंतीसजना महिला सहभागीरहेको यस प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई आज प्रतिष्ठानका प्रमुख संरक्षक राधेश्याम लेकाली, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठकले प्रमाणपत्र प्रदान गर्नु भयो । यसैगरी सो कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरु सरस्वती आचार्य (प्रथम), सविना अर्याल (दोस्रो) गंगा लामिछाने (तेस्रो), लक्ष्मी गोतामे तथा गंगा लामिछाने अधिकारी (चौथो ) र विशेष सहभागी प्रशिक्षार्थी सम्मान सुमित्रा अधिकारीलाई प्रदान गरिएको थियो ।
    सखी प्रतिष्ठानकि अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा प्रशिक्षक पत्रकार नम्रता शर्मा र पन्चकुमारी बचत तथा ऋण सहकारी लिमिटेडकी अध्यक्ष गीता अधिकारीलाई विशेष सम्मान पनि गरिएको थियो ।
    कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा ९ की सदस्य सिर्जना भेटवालले सहभागी प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्दै यस्तो प्रशिक्षणले महिलाहरुमा बोल्ने क्षमताको अभिवृद्धि हुने, आत्मविश्वास बढ्ने र विभिन्न अवसरहरु प्राप्त हुने बताउँदै कार्यक्रम आयोजनाको लागि सखी प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
    यसैगरी कार्यक्रममा अध्यक्ष मन्जिला अनिल, प्रमुख सल्लाहकार राधेश्याम लेकालीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । सखी प्रतिष्ठानकि उपाध्यक्ष कमला रिसालले संचालन गर्नु भएको सो कार्यक्रमको प्रशिक्षक पत्रकार नम्रता शर्मा र नियात्राकार डा. दामोदर पुडासैनी रहनु भएको थियो ।
    सो कार्यक्रममा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण गराइएको थियो । कार्यक्रममा अतिथिहरु सामाजिक अभियन्ता माला खरेल, स्मृति अधिकारीसहित सखी प्रतिष्ठानकी सचिव रुपाली पौडेल, कोषाध्यक्ष नीशा रिमाल, सदस्यहरु मनिला वन्त, उषा के. सी.को उपस्थिति रहेको थियो । कार्यक्रम पन्चकुमारी समाजको सभाकक्ष, कालीमाटी डोल, सिनामंगल, काठमाडौंमा सम्पन्न भएको थियो ।
    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...