News Portal

  • रुकुम पूर्वमा सिडिओको जिम्मेवारी पाएपछि भक्तपुरका सहायक सिडिओ घिमिरेको बिदाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ जेठ २०८०
    ५७८ पटक
    madhav sharmaभक्तपुर, ५ जेठ २०८०

    भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा घिमिरे सरुवा भएका छन् । गृह मन्त्रालयले उनलाई रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पेको छ ।

    शुक्रवार भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सरुवा भई जान लागेका शर्माघिमिरेलाई एक  कार्यक्रमका बीच बिदाई गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा उनको भब्य बिदाई भएको हो ।

    उक्त अवसरमा सिडिओ रिजालले शर्मा ले सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका स्मरण गर्दै उनले सिडिओको जिम्मेवारी सजिलै बहन गर्नसक्ने बिश्वास व्यक्त गरे । त्यसैगरी प्रशासकीय अधिकृत उर्मिला खतिवडा लगायत कर्मचारीहरुले शर्माको हसिलो स्वभाव र मित्रवत व्यवहारका कारण मातहतमा काम गर्न कुनै प्रेसर महसुस गर्नु नपरेको उल्लेख गर्दै उनको सेवाग्राही र सेवाप्रतिको समर्पणको खुलेर प्रशंसा गरेका थिए ।

    भक्तपुरको सहायक सिडिओको रुपमा शर्माले बिबादरहित रही कार्यकाल सम्पन्न गरेका छन् । सिडिओ रुद्रादेवी शर्माको कार्यकालमा भक्तपुर आएका उनले उपभोक्ता हित संरक्षणका लागि महत्वपूर्ण योगदान गरेका छन् । सहायक सिडिओको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले चुनदेवी खाद्य स्टोरबाट ९ लाख ४४ हजार रुपैयाँ भन्दा बढी मूल्यका अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरेको थियो भने ३ लाख रुपैयाँ जरिवाना भराएको सम्भवत: भक्तपुरमै पहिलो हो ।

    नयाँ सिडिओ रिजालको कार्यकालमा पनि उनी नेतृत्वको अनुगमन टोलीले ठिमीको मध्यपुर अस्पताल, गठ्ठाघरको नागरिक सामुदायिक अस्पताल र लोकन्थलीको समिट अस्पतालको औषधी विक्री कक्षको अनुगमन गरी चर्को मुल्य असुली गरेको पाइएपछि कारवाही गरेको थियो । उनले बजार अनुगमनलाई निरन्तरता दिएका थिए ।

    निजामती सेवाका उप सचिव उनीसंग बिभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको समेत अनुभव छ । उनले रुकुम जिल्लामा जिल्ला समन्वय समितिको समन्वय अधिकारी समेत रही  सेवा पुर्याएका छन् । शर्मा घिमिरे भक्तपुरको मध्यपुर थिमी नगर निवासी हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...