News Portal

  • मध्यपुर थिमिको निगु: पुखु(दुईपोखरी)मा आज व: फेस्टिवल, हजारौं सहभागी हुने

    बाबुकाजी श्रेष्ठभक्तपुर, ६ जेठ २०८०
    ६२० पटक
    wa madhyapur thimi municipalityभक्तपुर, ६ जेठ २०८०

    मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ स्थित निगु: पुखु(दुईपोखरी)मा आज शनिवार व: फेस्टिवल आयोजना गरिएको छ । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा मध्यपुर थिमी पर्यटन बिकास समितिको संयोजनमा व: फेस्टिवल आयोजना गरिएको हो ।

    व: भनेको नेवाः समुदायको विशेष परिकार हो । मास, मुगी तथा अन्य विभिन्न गेडागुडी सफा गरी भिजाइ त्यसपछि पिसेर तावामा विभिन्न आकार प्रकारमा पकाइने स्वादिलो परिकारलाई व: भनिन्छ । यसमा स्वाद अनुसार अण्डा, मासु समेत राखी बनाइन्छ ।

    लिच्छवी र मल्ल कालदेखी नै नेवा समुदायको सुख दुःखमा वः नभई नहुने परिकारको रुपमा रहेको छ । फेस्टिबलमा वः को महत्व, यसका प्रकार र यसको उपयोगको ईतिहासका बारेमा जानकारी दिने र पर्यटनसंग जोड्ने उदेश्य रहेको गरिरहेको पर्यटन बिकास समितिका सचिव शिव सुन्दर श्रेष्ठले बताए ।

    फेस्टिवलमा खानाको मात्र पन्ध्र वटा स्टल रहेको छ भने स्थानीय उत्पादनको प्रदर्शनीसमेत रहेको सचिव श्रेष्ठले जनाएका छन् ।फेस्टिवलमा नगरको मात्र नभई उपत्यकाका अन्य शहर बाट पनि हजारौं मानिस अवलोकनका लागि आउने आयोजकले अपेक्षा गरेको छ ।

    फेस्टिबलले मध्यपुर थिमीलाई चिनाउन र यहाको पर्यटन प्रबर्द्धनमा योगदान गर्ने मध्यपुर थिमीका उप प्रमुख विजय कृष्ण श्रेष्ठले बिश्वास व्यक्त गरेका छन् । बिभिन्न प्रकारका व: पस्कन स्थानीय महिला समूह उत्साहित छ । खानाको पारखीका लागि आज मध्यपुर थिमी एक गन्तब्य बन्ने निश्चित देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...