News Portal

  • सेन्ट्रल कलेजमा शिक्षण विधिबारे ३ दिने कार्यशाला शुरु

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ८ जेठ २०८०
    ७७६ पटक
    काठमाडौं, ८ जेठ २०८०

    शिक्षण विधिका बारेमा शिक्षक र प्राध्यापकको कार्यशाला शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले ३ दिने कार्यशाला आयोजना गरेको हो ।

    सोमबार खुला विश्वविद्यालयका रजिष्ट्रार प्राडा गोविन्द सिंह बिष्टले उक्त कार्यशालाको उद्घाटन गरेका हुन् । कार्यशाला उद्घाटन गर्दै रजिष्ट्रार बिष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औल्याए । समयानुकुल शिक्षण बिधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन बिधिबाट विद्यार्थीले बुझ्छन, सोही बिधि अनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसका लागि जड हुनुभन्दा नयाँ तरीकाहरुको बिकास गर्नुपर्ने उनको भनाइ छ ।

    रजिष्ट्रार प्राडा बिष्टले विद्यार्थी र विश्वविद्यालय दुवै प्रमाण पत्र केन्द्रीत हुँदा सिकाइ प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । शिक्षण सिकाइ प्रमाण पत्रका लागि मात्र नभई सिक्न र क्षमता बिकासका लागि हुनुपर्ने उनले बताए । गरेर सिक्ने सिकाइलागि सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    उनले विद्यार्थीहरु बिदेशिदा विश्वविद्यालयका कक्षाहरु बिस्तारै रित्ता हुँदै गएका खुलासा गर्दै विद्यार्थीलाई सिकाउने र टिकाउने एवं देशमै बस्न प्रेरित गर्ने शिक्षण सिकाइले मात्र देश निर्माणमा सहयोग पुग्ने प्रष्ट पार्दै त्यसका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताए ।

    उक्त अवसरमा सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले कार्शालाको औचित्व र महत्व माथि प्रकाश पारेका थिए थिए सहायक प्रिन्सिपल गणेश बुढाथोकीले कार्यशाला संचालन गरेका थिए ।

    राजधानीका बिभिन्न कलेजमा शिक्षण कार्यमा संलग्न ३ दर्जन बढी शिक्षक र प्राध्यापकको सहभागिता रहेको कार्यशालामा प्राध्यापकहरु पूर्ण लामिछाने, विश्वराज जोशी र गोविन्द न्यौपानेले २१औं शताब्दीमा शिक्षण विधिको योजना, अनुगमन र कार्यान्वयन बारे सहभागीलाई प्रशिक्षित गरेका थिए ।

    कार्यशाला बुधवार सम्म चल्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...