News Portal

  • चिकित्सा शिक्षाको क्षेत्रमा सफाइ आवश्यक : प्रधानमन्त्री प्रचण्ड

    भक्तपुर, ८ जेठ २०८०
    ३९१ पटक
    chikitsa shikshaभक्तपुर, ८ जेठ २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । आज चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताए । उनले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्ने गरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनु पर्ने आवश्यकता औंल्याए ।

    प्रधानमन्त्री प्रचण्डले भने, “कयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नु भएको छ । तर ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुने गरी अगाडि बढाउनु पर्ने प्रधानमन्त्रीको भनाइ थियो । देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउँदै उनले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाईको आवश्यकता रहेको समेत बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, “देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत समग्र अवस्था जस्तो छ, त्यसको प्रतिबिम्ब सबै क्षेत्रमा पर्नु स्वभाविकै हो । स्वास्थ्य क्षेत्र पनि देशको समग्र अवस्थाको एउटा हिस्सा हो । यहाँ पनि ती समस्याको प्रतिबिम्बन भएको छ । जसरी अरु क्षेत्रमा सुधार गर्नुपर्ने अवस्था छ, गुणात्मक सफाई नै गर्नुपर्ने आवश्यकता छ ।”

    बैठकको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले बैठकमा चिकित्सा शिक्षाबारे सजिव छलफल भएको भन्दै खुसी व्यक्त गरे । उनले भने, “आज म यसअर्थमा खुसी भएको छु,, आजको बैठक अलि बढी सचेत बैठक भए जस्तो लागेको छ । चिकित्सा क्षेत्रमा समस्याको चुरो कहाँ छ ? भन्ने कुरा बुझ्न तपाईहरुको प्रस्तुतिले मद्दत गरेको छ ।”

    बैठकमा चिकित्सा शिक्षा आयोगका पदाधिकारीले राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राखे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...