News Portal

  • सूर्यविनायकको विकासबारे स्थलगत अवलोकन र सरोकारवालासँग सञ्चारकर्मीको अन्तरक्रिया

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ जेठ २०८०
    २८१ पटक
    भक्तपुर, १२ जेठ २०८०

    सूर्यविनायक नगरपालिकाले गरेका विकास निर्माणबारे भक्तपुरका सञ्चारकर्मीले स्थलगत अवलोकन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा विकास निर्माणको स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।

    जिल्लामा क्रियाशील २ दर्जन पत्रकार सो कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले १ वर्षमा सूर्यविनायक नगरपालिकाको वडा नं. १, २, ४ र ७ मा भएका बिकास निर्माण बारे जानकारी लिंदै सम्बन्धित वडाध्यक्ष संग सोबारे जिज्ञासा राखेका थिए । उनीहरुले लाभग्राही स्थानीयसंग समेत विकास निर्माणको बास्तविक अवस्थाबारे बुझ्ने प्रयास गरे ।

    स्थलगत अवालोकन पछि अन्तरक्रिय कार्यक्रममा बोल्दै वडा नं. १ का वडाअध्यक्ष सानुकाजि कायस्थले सडक पूर्वाधारका धेरै काम सकिएको बताउँदै जनप्रतिनिधि आएपछि सरकारी विद्यालयमा प्रसस्त सुधारका काम भएको बताए । वडामा रहेका ५ वटा सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा अहोरात्र खटेको बताएउँदै कायस्थले वडा न. १ र ४ जोड्ने पक्की पुलको समेत निर्माण भइरहेको बताए । सिरुटारको माथिल्लो भेगमा समेत पक्की सडक विस्तारको कार्य चलिरहेको उनको भनाई थियो ।

    वडा नं २ का अध्यक्ष प्रदिप कार्कीले नयाँ जनप्रतिनिधि आएपछि वडामा विकास निर्माणका कार्यले गति लिएको बताउँदै पछिल्लो समय वडामा ढल निकाशको लागि धेरै काम भइरहेको जानकारी दिए । सामुदायिक विद्यालयमा सुधारका धेरै कार्य भएकाले बिद्यार्थीको संख्या बढेको उल्लेखगर्दै कार्कीले स्थानिय बासिन्दामा समेत सामुदायिक विद्यालयप्रतिको रुचि बढ्दै गएको बताए । यो वडामा खानेपानीको भने मुख्य समस्या भएकाले नगरपालिका यसको समाधानको लागि मेलम्चीको पानी ल्याउने सम्झौता भएको उनको भनाइ छ ।

    सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपानेले वडामा संघ, प्रदेश र नगरपालिकाबाट विकास निर्माणका काम भइरहेको बताउँदै चालु आर्थिक वर्षको काम ७० प्रतिशत सकिएको जानकारी दिए । चरखण्डीबाट छहरेसम्म सडक कालोपत्रे गर्ने कार्य भइसकेको बताउँदै न्यौपानेले वडाले विकास निर्माणसंगै शिक्षा, स्वास्थ्य लगायतलाई पनि प्राथमिक्तामा राखेर काम गरिराखेको बताए ।

     

    त्यसैगरि वडा नं ७ मा व्यक्तिले प्रयोग गरिहेको सार्वजनिक जमिनलाई बजेट विनियोजन गरि रंगशाला बनाउने कार्य गरिरहेको अवस्थामा वडाअध्यक्ष रविन्द्र सापकोटा भेटिए । उनले अघिल्लो कार्यकालमा सडक निर्माणमा प्रसस्त काम भएकाले वडाले सार्वजनिक सम्पतिको संरक्षण लाई महत्वाका साथ् अघि बढाइरहेको बताए । वडाको खानेपानीको समस्या समाधान गर्न वृहत खानेपानी योजना चलिरहेको बताउँदै सापकोटाले अघिल्लो पटक सडकको माग धेरै भएपनि यसपटक पार्टी पौवा र मन्दिर, सार्वजनिक भवन लगायतका संरचना बनाउन माग आउँने गरेको जानकारी दिए । वडाले विकासलाई रोजगारीसंग जोड्ने काम समेत गर्दै आएको वडाध्यक्ष सापकोटाको भनाई थियो ।

     

    स्थलगत अनुगमनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजिप घिमिरे, निर्वतमान अध्यक्ष पुष्करराज बुढाथोकीलगायत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकाहरुको विशेष सहभागिता रहेको आयोजक राष्ट्रिय सञ्चार केन्द्र नेपालका सचिव हेमराज ढकालले जानकारी गराए ।

    राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले स्थानीय सरकारले गरेका कामबारे सत्यतथ्य सूचना जनतासम्म पुर्याउन स्थलगत अवालोकन र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्राजपतिले यस्ताखाले कार्यक्रमले पत्रकारलाई समाचारको श्रोत सम्मै पुर्याउने र सत्य तथ्य बाहिर ल्याउन मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले पत्रकारले स्थलगत अवलोकनबाट प्राप्त सूचनालाई बिश्लेष्ण गरी तयार पार्ने रिपोर्टले जनताको हितमा थप राम्रो काम गर्न प्रेरित गर्ने तथा कामका सम्बन्धमा कुनै कमजोरी औल्याइदिए सुधारको अवसर प्राप्त हुने प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...