News Portal

  • रग्बी प्रतियोगिताको फाइनलमा पुग्यो भक्तपुर : मकवानपुरसंग भिड्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ जेठ २०८०
    ११८३ पटक
    ragbi bhaktapurभक्तपुर, १२ जेठ २०८०

    मकवानपुरको हेटौँडामा जारी बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगितामा भक्तपुरको टिम फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न सेमिफाइनलमा काभ्रेलाई छ ट्राइले पराजित गर्दै भक्तपुर फ़ाइनलमा पुगेको हो ।

    शनिवार बिहान ११ बजे रग्वी प्रतियोगिताको फाइनल खेल हुने र आफ्नो टिम फाइनलमा मकवानपुरसंग भिड्ने जिल्ला रग्वी संघ भक्तपुरका अध्यक्ष दिपेश लामिछानेले जानकारी दिए । सीमित साधन श्रोतका बाबजुद भक्तपुरको टोलीले उत्कृष्ट प्रदर्शन गरेकोप्रति सन्तोष व्यक्त गर्दै अध्यक्ष लामिछानेले आफ्नो टोलीले फाइनल पनि जित्ने बिश्वास व्यक्त गरेका छन् ।

    जिल्ला अध्यक्ष दिपेश लामिछाने व्यवस्थापक रहेका रग्वी खेलाडीको क्याप्टेनमा निरज कार्की रहेका छन् भने कृष्ण क्षेत्री प्रमुख प्रशिक्षक रहेका छन् ।

    सचिब निराकार भारती, कोषाध्यक्ष सुष्मा कार्की र सदस्य बिनोद लामिछाने समेत टोलीको मनोबल बढाउँन हेटौडामै रहेका छन् । खेलाडीलाई हौसला प्रदान गर्न जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापा पनि हेटौडा पुगेका छन् । खेलाडीलाई प्रोत्साहित गर्न मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं भक्तपुरका युवा नेता डिपी ढकाल खेलस्थलमा रहने गरेका समेत व्यवस्थापक लामिछानेले बताए ।

    बागमती प्रदेश सरकारको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भैरहेको बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोश्रो सस्करण मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए ।

    प्रतियोगितामा १३ खेल समावेश गरिएका छन्। उसु, जुडो र पौडी खेल काठमाडौँ तथा ललितपुरमा खेलाइएको छ । यस्तै, क्रिकेट चितवनमा त्यसैगरी फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो र रग्बी हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइएका छन्।

    प्रतियोगितामा १ हजार ७५ महिला र १ हजार ४ सय २७ पुरुष खेलाडी सहभागी छन्। यस्तै, १ सय ७३ प्रशिक्षक, १ सय ४२ व्यवस्थापक, २ सय ७६ निर्णायक लगायत सहभागी भएका आयोजकको भनाइ छ ।

    अपडेट : शनिवार सम्पन्न फ़ाइनल खेलमा मकवानपुर लाई पराजित गर्दै भक्तपुर उपाधी चुम्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...