News Portal

  • नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ जेठ २०८०
    ३९२ पटक
    भक्तपुर, १७ जेठ २०८०

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले आजैबाट त्यहाँ राजनीतिक भेटवार्ता समेत सुरु गरिसकेका छन् ।

    बुधबार अपरान्ह्र नयाँदिल्ली पुगेका प्रधानमन्त्रीले आफु बसेकै मौर्य होटलबाट राजनीतिक भेटवार्ता शुरु गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका उनका प्रमुख प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीको खासगरी छिमेक नीतिमा मन्त्रीकै हैसियतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल निर्णायक मानिन्छन् ।

    प्रधानमन्त्री प्रचण्डले नेपालमा काम गरेको केही भारतीय पूर्व राजदूतसँग पनि भेटवार्ता गरेका छन् ।तर, उनीहरुसंग अनौपचारिक भेटवार्ता भएको हो । उनको स्वागत तथा सम्मानमा दिल्ल्ीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्री भोज कार्यक्रममा केही भारतीय राजनीतिज्ञ तथा नेपालस्थित भारतीय पूर्व राजदूतहरुसँग अनौपचारिक सम्वाद भएको बताइएको छ ।

    प्रधानमन्त्रीले बिहिबार महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन् । भारतीय समकक्षी नरेन्द्र मोदी देखि राष्ट्रपति द्रौपदी मुर्मूसँग प्रधानमन्त्री प्रचण्डको बिहिबार भेटवार्ता हुँदैछ । बिहिबार प्रधानमन्त्री प्रचण्डको सबैभन्दा बढी व्यस्त कार्यतालिका पनि छ ।

    भ्रमणमा हुने छलफल र सम्झौताहरुको मुख्य दिन पनि बिहिबार नै हो ।

    प्रधानमन्त्री बिहिबार बिहान राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि थप महत्वपूर्ण राजनीतिक भेटवार्ता शुरु हुनेछ । प्रधानमन्त्रीले ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिका छ । दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ ।

    प्रतिनिधिमण्डलको बैठक सकिएपछि सम्झौताहरु आदान प्रदानको कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन् ।

    त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ ।

    प्रधानमन्त्री प्रचण्डले दिउँसो ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनगढ र साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

    तेस्रो दिन अर्थात् पर्सि (शुक्रबार) बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

    इन्दोरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डको बास होटेल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

    भ्रमणको अन्तिम दिन शनिबार प्रधानमन्त्री प्रचण्डले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन् । त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...