News Portal

  • संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ २०८०
    ५३९ पटक
    durlav thapaभक्तपुर, १९ जेठ २०८०

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको वास्तविक आवाज मात्र प्रतिनिधि सभामा उठाउने बताएका छन् । आफ्नो व्यक्तिगत वा पार्टीगत कुण्ठा ओकलेर अरुलाई गालीगलौज गर्ने काम आफूबाट नहुने उद्घोष गर्दै सांसद थापाले जनताको वास्तविक आवाज मात्र सदनमा उठाउने बताएका हुन् ।

    शुक्रवार सल्लाघारीस्थित निजी निवासमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ”जनताको प्रतिनिधि भएर संसदमा आफ्नो र पार्टीको प्रचार गर्ने र अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा दुर्लभ थापा छैन ।” उनले संसदलाई सभ्य र गरिमामय बनाउन पर्नेमा जोड दिंदै संसदमा सांसदले गालीगलौज गरेका देख्दा दिक्क लाग्नेगरेको समेत गुनासो गरेका छन् ।

    नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद थापाले यस क्षेत्रका निवर्तमान सांसद महेश बस्नेतप्रति लक्षित गर्दै आफू बस्नेत जस्तो हावादारी गफ गर्दै हिड्ने सांसद नभएको जिकिर गरे । क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले दिनमै दुई पल्ट बोलेपनि बोलेका कुरा पूरा हुन नसकेकामा कटाक्ष गर्दै सांसद थापाले आफूले भने संसदमा आवश्यक कुरा मात्र उठाउने र त्यो पुरा नभएसम्म चुप लागेर नबस्ने जानकारी गराए ।

    बिरोधीहरुले सदनमा नबोलेको भन्दै भ्रम फैलाइरहेका प्रति आफू जानकार रहेको स्पष्ट पार्दै सांसद थापाले आफूलाई त्यसले रत्तिभर बिचलित नबनाउने बताए । मतदाता र भक्तपुरका जनताको शिर उचो बनाउने गरी आफ्नो प्रतिनिधित्व रहेको जिकिर गर्दै उनले जनताको भावना अनुरुप आफूले गतिविधि गरिरहेको र आफूले जनताको आवाज उठाउने मात्र नभई व्यवहारमा कार्यान्वयन गराउनेमा आश्वस्त रहन समेत आग्रह गरे ।

    उनले कानुन निर्माण गर्न र बजेट ल्याउन आफूले गरेका पहल जनताले नजिकबाट नियालिरहेका बिश्वास व्यक्त गरेका थिए भने बिकास बजेट माग्दै हिड्न चाहिँ हुने तर सांसद बिकाश कोषको बिरोध गर्ने दहीचिउरे नीति नेताहरुले लिन नहुने पनि उनले बिचार व्यक्त गरे ।” सांसदले नीति निर्माण मात्र गर्ने हो भने बिकाश निर्माणमा जोड्नु भएन, यदी बिकाश निर्माणमा जोडिने हो भने सांसद बिकाश कोषको बिरोध गर्नु भएन ।” उनले भने

    सो अवसरमा सांसद थापाले भ्रष्टाचार र अनियमितताका घटनामा कुनै पार्टी वा, नेता विशेषलाई व्यक्तिगतरुपमा जोडेर लोकतन्त्रलाई नै कमजोर र बदनाम बनाइउने षडयन्त्र भइरहेको बताउँदैं त्यस्ता षड्यन्त्रलाई परास्त गरी सरकारको भ्रष्टाचारबिरोधी अभियानमा हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए ।

    सांसद थापाले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धीमूलक रहेको उल्लेख गर्दै भने, वर्तमान प्रधानमन्त्रीले भारतलाई नदी बेच्ने होइन, बिजुली बेच्ने सम्झौता गर्न सफल हुनु भयो ।”

    नेपालमा नागरिकता पाउनैपर्ने नागरिक पनि कानुनको अभावमा अनागरिक भैराख्नुपरेको उदाहरण पेश गर्दै सांसद थापाले नकारात्मक सोंच त्यागेर सबै नागरिकलाई सजिलै नागरिकता प्राप्त गर्न आवश्यक कानुन बनाउनपर्ने उल्लेख गर्दै आफू यसको पक्षमा रहेको प्रष्ट पारे । उनले राष्ट्रियता, सार्वभौम सत्ता र विदेश नीतिमा दलहरुबीच साझा धारणा हुनुपर्नेमा सरकारमा रहँदा एउटा र सरकारबाट बाहिरिँदा अर्को हुने प्रवृत्तिले राष्ट्रको हित नहुने जिकिर गरे ।

    उक्त अवसरमा नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन यहीँ महिनाको २७ गते हुने जानकारी गराउंदै लोगो समेत सार्वजनिक गरिएको छ । जिल्ला सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद दुर्लभ थापाले लोगो सार्वजनिक गरेका हुन् ।

    लोगो भक्तपुरको साँस्कृतिक पहिचान झल्काउने किसिमको रहेको छ । लोगोको पृष्ठभूमिमा भक्तपुर जिल्लाको भौगोलिक नक्सा रहेको र सो नक्सामा भक्तपुरको दुई प्रमुख नदी मनोहरा र हनुमन्तीलाई समेटिएको छ । त्यसैगरी विश्व सम्पदामा सुचीकृत दरवारस्क्वाएर, ङातापोल (पाँचतल्ले मन्दिर), चाँगुनारायण, मध्यपुर थिमिको जिब्रो छेड्ने र प्रसिद्ध बिस्काः जात्रालाई संयोजन गरिएको देखिन्छ । सो लोगोको डिजाईनमा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलको विशेष योगदान रहेको जिल्ला सम्मेलन तयारी मुल समितिका संयोजक एवम् जिल्ला ससचिव कृष्णमुरारी न्यौपानेले जानकारी गराएका छन् ।

    सो अवसरमा जिल्ला सम्मेलन तयारी मुल समितिका संयोजक कृष्णमुरारी न्यौपानेले सम्मेलनलाई सफल बनाउन विभिन्न १० उपसमिति गठन गरिएको जानकारी दिए । सम्मेलनमा जिल्लाका ४ वटै नगरपालिका एवं ३८ वटै वडामा निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु, पार्टीको विभिन्न तहमा रहेको समितिका सभापति, पदाधिकारीहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि एवम् पर्यवेक्षक गरी १ हजार ५ सय भन्दा बढीको सहभागिता रहने संयोजक न्यौपानेले जानकारी गराएका छन् ।

    उक्त अवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय पदाधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...