News Portal

  • वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० जेठ २०८०
    २२२६ पटक
    भक्तपुर, २० जेठ २०८०

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । भक्तपुर जिल्ला समन्वय समितिको संयोजकमा सरराज उप्रेती र सचिवमा सुरेन्द्र सुवालले जिम्मेवारी पाएका हुन् ।

    शनिवार सूर्यविनायकमा सम्पन्न बिस्तारित बैठकले उप्रेती र सुवाललाई क्रमस संयोजक र सचिवको जिम्मेवारी सुम्पने सर्वसम्मत निर्णय गरेको वाईसिएल नेपालका केन्दिय सदस्य एवं भक्तपुर ईन्चार्ज नरेश रन्जितले जनाएका छन् ।

    संयोजकको जिम्मेवारी पाएका उप्रेती यस अघि सचिव रहेका थिए भने सुवाल सूर्यविनायक नगर इन्चार्ज थिए ।

    बैठकले वाईसिएललाई प्रत्येक वडामा बिस्तार गर्दै प्रति वडा ५० सदस्य बनाउने अभियान समेत शुरुवात गर्ने निर्णय गरेको ईन्चार्ज रन्जितले जानकारी गराए । त्यस्तै बैठकले संगठनको चारैवटा नगरको नगर सम्मेलन गर्ने र जिल्ला सम्मेलनको आयोजना गर्ने निर्णय समेत गरेको उनको भनाइ छ ।

    वाईसिएल भक्तपुरको नेतृत्व गर्ने जिम्मेवारी पाएको प्रति आफू गौरवान्वित भएको प्रतिक्रिया दिंदै संयोजक उप्रेतीले वाईसिएललाई युवाहरुको रहरलाग्दो र भरलाग्दो संगठन बनाउने र परिवर्तनको रक्षा र अग्रगमनको पक्षमा आवाज उठाइरहने बताए ।

    उक्त अवसरमा वाईसिएलका संस्थापक महासचिव समेत रहेका नेकपा (माओवादी केन्द्र) का भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले वाईसिएलले पार्टीको सेनाको रुपमा कर्तब्य र जिम्मेवारी बहन गर्नुपर्ने बताउदै पार्टीको अजेण्डालाई पक्रेर देश र जनताको हितकारी कार्यका लागि मैदानमा ओर्लन निर्देशन दिएका थिए ।

    त्यसैगरी पार्टीका जिल्ला अध्यक्ष सुनिल बासुले देशको भविष्य युवाहरुकै हातमा भएको भन्दै बिचार र कार्यक्रमले बुढा राजनीतिक दलसंग जोडिएका युवाहरुलाई सचेत गराई वाईसिएलमा गोलबन्द गराउनुपर्ने आवश्यकता औल्याए । पार्टी अध्यक्ष प्रचण्ड माथिको प्रहार व्यवस्था र परिवर्तन माथिकै प्रहारको रुपमा बुझ्नुपर्ने प्रष्ट पार्दै उनले परिवर्तन विरोधीहरुको प्रहार निस्तेज पार्न वाईसिएलले योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा वाईसिएल नेपालका केन्द्रीय सचिव गोमा आले र डिपी थपलिया आक्रोश, केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज नरेश रंजित र अर्का केन्द्रीय सदस्य राजु कुटु लगायतले  संगठनको बारेमा मार्गनिर्देश गरेका थिए भने पार्टीका जिल्ला सचिव जीवन तज, प्रदेश सदस्य युवराज आचार्य, चाँगुनारायण नगर अध्यक्ष नरेश खड्का, सूर्यविनायक अध्यक्ष सानुकान्छा आलेमगर र सचिव सनिस लागेजु लगायतले समसामयिक राजनीतिबारे प्रशिक्षणात्मक मन्तब्य दिएका वाईसिएल नेता दिपेश लामिछानेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...