News Portal

  • सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० जेठ २०८०
    ५१३ पटक
    भक्तपुर, २० जेठ २०८०

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ ।

    सूर्यविनायक नगरपालिका–८ वडा कार्यालयले आफ्नो ठाउँ (सिपाडोल) को नाम पत्रकारिताका माध्यमबाट विश्वभर चिनाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो ।

    उनलाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।

    सोही कार्यक्रममा उक्त वडाका अन्य २ दर्जन ब्यक्तित्वलाई समेत सम्मान गरिएको पत्रकार बल्लले बताए । सम्मानित हुनेमा बागमती प्रदेशको सांसदमा निर्वाचित किरण थापा, नेपाल प्रहरीका प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) दिपक थापा, शिक्षातर्फ पिएचडी गर्ने किशोर हाकुदुवाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका उपसभापति राकेश थापा, संगीततर्फ अल्मोडा उप्रेती, गीत–संंगीततर्फ महेश्वर बोहरा (मानशराज), कलाकार यादव थापा, शिक्षा तर्फ रविन्द्र कुमार थापा, राष्ट्रिय कवडी प्रतियोगितामा स्वर्ण पदक विजेता राजेन्द्र तामाङ्ग, राष्ट्रिय महिला फुटबल टिमकी सदस्य अञ्जली मचामसी रहेका छन् ।

    त्यस्तै, जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक विजेता अमिन प्रजापति, चिकित्सक दिपेन्द्र लोहला, भक्तपुर बहुमुखी क्याम्पसका लेक्चरर पुण्यराम सुकुपायो, शारीरिक सुगठनका खेलाडी हरि थापा र कलाकार सुरेश वाइवालाई समेत सम्मान गरिएको छ ।

    वडाध्यक्ष पुष्पराज बस्नेतले देश तथा बिदेशमा पहिचान बनाउन सफल स्थानीय व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । यो शुरुवात मात्र भएको भन्दै उनले यस्ता वडाबासी व्यक्तित्वहरुको विशेषज्ञतालाई वडाले स्थानीय आवश्यकता अनुसार प्रयोग गर्न योजना बनाउने समेत बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...