News Portal

  • प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    निशा कुस्मा / भक्तपुर पोस्टभक्तपुर, २२ जेठ २०८०
    ३६६० पटक
    भक्तपुर, २२ जेठ २०८०

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा जिल्ला प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर लक्ष्मी खनाल पनि परेकी छन् ।

    सोमबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    बढुवा सिफारिसको पहिलो नम्बरमा रञ्जन अवा,दोस्रोमा कमल वेल्वासे र तेस्रोमा यमकुमार श्रेष्ठ रहेका छन् । ४६ जना बढुवाको लागि सिफारिस हुँदा ४६ औं नम्बरमा अटाउदै जिल्ला प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर लक्ष्मी खनाल सिफारिसमा पर्न सफल भएकी हुन् ।

    राजनीति शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी खनालले कानुन विषयमा समेत स्नातक गरेकी छन् । १० वर्ष अघि इन्स्पेक्टर नियुक्त उनी राष्ट्रपतिबाट नेपाल प्रताप सुभुषणले विभूषित भएकी छन् भने गण्डकी प्रदेश सरकारले उनलाई आव २०७८/७९ मा उत्कृष्ट प्रहरीको रुपमा सम्मानित समेत गरेको छ । भक्तपुरमा पनि उनले प्रहरी सेवामा राम्रो कार्यसम्पादनको रेकर्ड राखेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...