News Portal

  • भक्तपुरमा पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका ३७ मध्ये ७ मात्र सिफारिस

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २३ जेठ २०८०
    ८९९ पटक
    भक्तपुर, २३ जेठ २०८०

    नेपाल पत्रकार महासंघले देशव्यापीरुपमा चलाएको सदस्यता शुद्धीकरण अभियानको प्रभाव भक्तपुर शाखामा पनि परेको छ । नयाँ सदस्यका लागि परेको ३७ जनाको आवेदन उपर कठोर निर्णय गर्दै शाखाले ७ जनालाई मात्र सदस्यताको लागि नाम सिफारिस गरेको हो ।

    महासंघको मंगलवार बसेको बैठकले जिल्लामा सदस्यताका लागि आवेदन दिएका ३७ जना मध्ये महासंघको विधान, सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बमोजिमको मापदण्डमा रही योग्यता पुगेका ७ जनाको नाम सिफारिस गरेको शाखाका सचिव संजीप घिमिरे शुभचिन्तकले जनाएका हुन् ।

    सिफारिसमा पर्ने पत्रकारहरुमा कैलाश खबर टिभिका अंजिरसिंह विश्वकर्मा, भक्तपुर पोष्ट डटकमकी निशा कुस्मा, ननस्टप खबर डटकमका आकाश गजुरेल, लोकबोली डटकमका प्रदिप श्रेष्ठ, सर्चअल नेपालका केदार प्रसाद गौतम, हिमाल खबरकी अनिता श्रेष्ठ र पालिका खबरकी विपना मुसिख्वाल रहेका सचिव घिमिरेले बताए ।

    शाखाले सदस्यताका लागि परेको आवेदनमाथि छानविन गरी सिफारिस गर्न उपाध्यक्ष सुन्दर शिल्पकारको संयोजकत्वमा सहसचिवद्धय हेमराज ढकाल, सुमन श्रेष्ठ, सदस्य दिनेश कार्की र सदस्य सचिवमा शाखाका सचिव संजीप घिमिरे शुभचिन्तक रहेको समिति गठन गरेको थियो ।

    समितिले प्राप्त निवेदन उपर आवश्यक छानविन गरी ७ जनाको नाम सर्वसम्मत सिफारिस गरेको र कार्यसमितिले सोही नाम सर्वसम्मतरुपमा सिफारिस गरेको अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी गराए ।

    सदस्यता नवीकरणका लागि पनि आवेदनका लागि २ दिन बाँकी रहेको उनले बताए । शाखाले निर्मम ढंगले छानवीन गरी मूख्य पेशा पत्रकारिता बनाइ क्रियाशील रहेका सदस्यहरुको मात्र सदस्यता नवीकरण गर्ने अध्यक्ष  प्रजापतिको भनाइ छ । अध्यक्ष प्रजापतिले मूख्य पेशा पत्रकारिता बनाइ क्रियाशील रहेका सदस्यहरुलाई समयमै आवेदन दिन र अन्य पेशामा लागेकाहरुलाई सदस्यता त्यागको स्व घोषणा गर्न अपिल समेत गरेका छन् ।

    २ सय ४ सदस्य रहेको नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुर सदस्य संख्याको आधारमा उपत्यकाको सबैभन्दा सानो शाखा हो । यद्यपी आवश्यकता र क्रियाशीलताको आधारमा भने यो संख्या ठुलो हो । पत्रकारितामा रहँदा सदस्य बनेकाहरुले पेशा परिवर्तन गरेपनि सदस्यता त्याग नगर्दा सदस्य संख्या बढ्ने गरेको महासंघका नेतृत्वकर्ताहरु बताउछन । सदस्यता शुद्धीकरणले यो समस्या समाधान हुने र महासंघ सक्रिय पत्रकारको संस्था हुने विश्वास व्यक्त गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...