News Portal

  • नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलन आज : सभापति देउवाले उद्घाटन गर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०८०
    ४३७ पटक
    भक्तपुर, २७ जेठ २०८०

    नेपाली काँग्रेस भक्तपुरले जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ । सम्मेलन तयारी मुल समितिका संयोजक कृष्णमुरारी न्यौपानेको संयोजकत्वमा जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको हो ।

    सम्मेलनलाई आज बिहान ९ बजे पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । उक्त अवसरमा पार्टीका अन्य पदाधिकारी सहित नेता शेखर कोइरालाको समेत आतिथ्यता रहने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिएका छन् । कालोपाटीस्थित भक्तपुर ब्याङ्क्वेट लाई सम्मेलन स्थल तोकिएको छ ।

    सम्मेलनमा सहभागी हुन काँग्रेसका नेता कार्यकर्ताहरु बाजागाजासहित र्याली गरेर आउने तयारीमा रहेका छन् । सल्लाघारी, दुवाकोट र ब्यासी लगायतका ठाउँबाट र्याली शुरु गरी सम्मेलन स्थलमा जोडिने कार्यतालिका रहेको छ । कार्यक्रम स्थललाई दुलही झैँ  श्रिंगारिएको छ भने आसपासको माहोल समेत काँग्रेसमय बनाइएको छ ।

    बन्द सत्रमा भने जिल्लाका ४ वटै नगरपालिका एवं ३८ वटै वडामा निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु, पार्टीको विभिन्न तहमा रहेको समितिका सभापति, पदाधिकारीहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि एवम् पर्यवेक्षक गरी १ हजार ५ सय भन्दा बढीको सहभागिता रहने जिल्ला सभापति दुर्लभ थापाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...