News Portal

  • मुख्यमन्त्री यादवलाई सबै सांसदको विश्वासको मत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० जेठ २०८०
    ३५४ पटक
    भक्तपुर, ३० जेठ २०८०

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै सांसदको विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । मंगलवार सतप्रतिसत मत प्राप्त गर्न उनी सफल भएका हुन् ।

    नेकपा एमालेले जेठ १ मा समर्थन फिर्ता लिएपछि उनले मंलवार दोस्रोपटक विश्वासका मत लिएका हुन् ।

    उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

    सदनमा १०३ सांसद उपस्थित थिए र सबैले विश्वासको मतको पक्षमा मतदान गरे ।

    यसअघि पहिलोपटक मुख्यमन्त्री यादवले गत माघ ४ गते पनि शतप्रतिशत मत प्राप गर्दै मुख्य मन्त्री बनेका थिए ।

    प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै, ३ जना स्वतन्त्र सांसद रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...