News Portal

  • रगत नपाए भक्तपुर आउनु भन्दै सेवा दिएको रेडक्रसले ११ महिनामा दियो ५१ हजार पिन्ट रगत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० जेठ २०८०
    ४०७ पटक
    भक्तपुर, ३० जेठ २०८०

    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले चालु आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरेको छ । शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवामार्फ यो आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरिएको हो ।

    विश्व रक्तदाता दिवस (जुन १४) को पूर्वसन्ध्यामा मंगलवार पत्रकार सम्मेलन गर्दै शाखाका सभापति मनोजकुमार थापाले सो जानकारी गराएका हुन् । चालु आथिर्क वर्षको हालसम्म २९ हजार ३ सय १८ पिन्ट रगत संकलन गरी विभिन्न समूहका ५१ हजार ५६ पिन्ट रगत वितरण गारिएको उनको भनाइ छ ।

    रगत नपाए भक्तपुर आउनु भन्ने उक्तिसहित रक्तसञ्चार सेवा शुरु गरेको रेडक्रस भक्तपुरले माग अनुसारको रगत आपुर्तीको लागि काठमाण्डौं उपत्यका बाहेक दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाको रेडक्रस शाखासँगको सहकार्यमा समेत रगत संकलन गरेको सभापति थापाले जनाएका छन् । आसपासाका यी पाँच जिल्लाबाट २ हजार १ सय ८९ पिन्ट रगत संकलन भएको उनको भनाइ छ ।

    भक्तपुरका चार वटै नगरपालिकासँग सम्झौता गरी भक्तपुर बासीलाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउँदैं आएको रेडक्रसले पछिल्लो समय काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका, रामेछापको गोकुलगंगा गाउँपालिकाका बासिन्दालाई समेत निःशुल्क रगत उपलब्ध गराउँदैं आएको थापाले जनाएका छन् ।

    उनले जनस्वास्थ्य कार्यालय भक्तपुर, विर अस्पताल र भक्तपुर अस्पतालका विपन्न परिवार, थालासेमिया, हेमोफिलिया तथा सिंगल सेल एनिमिया र प्रसुतीका बिरामीलाई पनि निःशुल्क रगत उपलब्ध गराउँदैं आएको समेत बताएका छन् ।

    सरकारले तोकिएको मूल्य भन्दा पनि कम मूल्यमा रगत उपलब्ध गराउँदैं आएको जानकारी दिँदैं थापाले हाल मागको ५१ प्रतिशत मात्र रगत उपलब्ध गराउन सकिएको जानकारी गराए । उनले एक वर्षमा ५ सय ७५ वटा संघसंस्थासँग रगतदान कार्यक्रमको सहकार्य गरेको उल्लेख गर्दै विविध कारणले ८ हजार ३२७ पिन्ट रगत नष्ट गर्नुपरेको समेत खुलासा गरेका छन् ।

    कतिपय अस्पतालले बिरामीका लागि आवश्यक भन्दा बढी पिन्ट रगत ल्याउन लगाउने र ती रगत फिर्ता नगर्ने परिपाटीले पनि आवश्यक बिरामीलाई रगत उपलब्ध गराउन नसकिएको उनले गुनासो गरे ।

    कार्यक्रममा वडाध्यक्ष समेत रहेका रक्तसञ्चार सेवा समितिका संयोजक एवम् नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा सदस्य सोम प्रधानले आफूहरुको उदेश्य रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने रहेको जिकिर गर्दै अमूल्य रगतलाई आवस्यक बिरामीको हितमा पुर्याउनुपर्ने प्रष्ट पारे ।
    रेडक्रस शाखाको सञ्चार तथा मानवीय मुल्य प्रवर्द्धन समितिका संयोजक यज्ञविक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री पर्शुराम पाण्डेले रक्तदानका विविध पक्षबारे प्रष्ट पारेका थिए । शाखाले भक्तपुरको सिद्धपोखरी र राजधानीको जमलमा दैनिक र राजधानीकै भूगोलपार्कमा हप्ताको ४ दिन नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको समेत उनले जानकारी गराएका छन् ।

    २०४५ कार्तिक १२ गते रक्तसञ्चार सेवा शुरु गरेको भक्तपुर शाखाले २०६० सालदेखि रक्तल्याव सञ्चालन गरी कम्पोनेन्टसहितको रक्तसञ्चार सेवा शुरु गरिरहेको छ । दैनिक सयौं भक्तपुर बाहिरका विरामीहरु पनि रगतका लागि शाखामा आउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...