नेपालमा ८ प्रतिशत किशोरीले १५ वर्षकै उमेरमा यौन हिंसाको अनुभव गरेको तथ्यांकले देखाएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमा यौन हिंसाको अनुभव गरेको देखाएको हो ।
सर्वेक्षणमा सहभागी किशोरीलाई पहिलोपटक भोगेको यौन हिंसाबारे प्रश्न सोधिएको थियो । जसमध्ये ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमै यौन हिंसा भोगिसकेको उत्तर दिएका थिए ।
यस्तै, १५ देखि ४९ वर्ष उमेरका १७ प्रतिशत महिलाले श्रीमानको वा यौन साथीबाट भावनात्मक, शारीरिक वा यौन हिंसा भोगेका भनिएको छ ।