News Portal

  • मेयरलाई राजा बन्न दिइन्न : जिसस प्रमुख थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ असार २०८०
    १७३६ पटक
    भक्तपुर, ९ असार २०८०

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् ।

    नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख थापाले भने, ”मेयरलाई राजा बन्न दिइन्न ।”

    स्थानीय तहका प्रमुखहरु साधन श्रोत र कार्यकारी शक्ति सम्पन्न भएकाले उनीहरु बिग्रन सक्ने तर्फ सचेत रहनुपर्ने प्रमुख थापाले प्रष्ट पारेका छन् । नगरपालिकाहरुले आफू अनुकुल सूचना दिने र प्रतिकुल भए सूचना लुकाउने भन्दै प्रमुख थापाले पत्रकारले निष्पक्ष भएर उनीहरुका राम्रा र नराम्रा दुवै पक्ष जनता माझ राख्नुपर्नेमा जोड दिए ।

    जिससले स्थानीय सरकारले गरेका कामको अनुगमन गरिरहेको बताउदै प्रमुख थापाले सुशासन र बिकासको प्रवर्द्धनका लागि पत्रकारको साथ् र सहयोग रहने विश्वास व्यक्त गरेका थिए । कानुनले जिससलाई समन्वयकारी भूमिका दिएकाले कानुनले निर्दिष्ट गरेका कामहरु गर्नबाट आफूहरु नचुक्ने उनको भनाइ छ ।

    साधन श्रोत र शक्तिको दुरुपयोग गरी स्थानीय तहका नेतृत्वले गर्नसक्ने स्वेच्छाचारिता जनतालाई स्वीकार्य नहुने उनको भनाइ छ । नगरपालिकाको ऐन नियम र कार्यविधि जनतामैत्री हुनुपर्नेमा जोड दिंदै उनले प्राकृतिक श्रोत उपयोगको नाममा दोहन गर्न नदिइने दावी गरे । बिकासमा बिबाद गर्नु नहुने बताउदै जिसस प्रमुख थापाले बिकास र सुशासनमा ऐक्यबद्धता तथा प्रतिस्पर्धा गरी स्थानीय तहहरु अघि बढ्नुपर्ने बताए ।

    उक्त अवसरमा जिल्ला समन्वय अधिकारी तीर्थप्रकाश पौडेलले जिससको काम कर्तब्य र अधिकार बारे बताउदै चालु आर्थिक वर्षमा गरिएका कामबारे जानकारी गराएका थिए । स्थानीय तहसंग नियमित अन्तरक्रिया गरी प्रशासनिक, प्राकृतिक श्रोतको उपयोग तथा लाभको बाडफाड , वित्तीय व्यवस्थापन, बिकासनिर्माण र सामाजिक उत्तरदायित्व बहनका विषयमा समन्वय र सहजीकरण भैरहेको उनको भनाइ छ ।

    कार्यक्रममा जिससकी उपप्रमुख सुजाता बाडेको समेत उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति, सचिव संजीप घिमिरे शुभचिन्तक त्यसैगरी सल्लाहकारद्वय रमेश गिरी र पुस्करराज बुढाथोकी तथा केन्द्रीय परिषद सदस्य पेशल आचार्य लगायतले स्थानीय तह संगको सम्बन्ध र समन्वय बारे बिबिध प्रश्न राखेका थिए । कार्यक्रममा महासंघकी उपाध्यक्ष लिला श्रेष्ठ, सहसचिव हेमराज ढकाल लगायत पत्रकारहरु सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...