News Portal

  • पूर्वमन्त्री बस्नेत मलेसिया प्रस्थान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ असार २०८०
    ४१८ पटक
    भक्तपुर, ९ असार २०८०

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान संघीय सांसद एवं नेकपा(एमाले)का नेता महेश बस्नेत मलेसिया प्रस्थान गरेका छन् । शनिवार राति उनी मलेसिया प्रस्थान गरेका हुन् ।

    आफ्ना स्वकीय सचिव दिनेश थापालाई लिएर उनी मलेसियाको राजधानी क्वालालाम्पुर तर्फ लागेका युवा संघका भक्तपुर अध्यक्ष रविन थापाले जनाएका छन् । उनीहरूलाई बिदाइ गर्न युवा संघका नेताहरु बिमानस्थल पुगेका थिए ।

    प्रवासी नेपाली मन्च मलेसियाको निमन्त्रणामा नेकपा(एमाले)का पोलिट्ब्युरो सदस्य बस्नेत क्वालालाम्पुर तर्फ प्रस्थान गरेका थापाले बताए । प्रवासी नेपाली मन्च मलेसियाको दोश्रो अधिवेशनमा आतिथ्यता ग्रहण गर्न उनी क्वालाम्पुर तर्फ लागेका बताइएको छ । युवा संघको फ्राक्सन इन्चार्ज भएपनि पछिल्लो समय प्रवासी मन्चले नेता बस्नेतलाई अतिथि बोलाउन थालेपछि उनी बिभिन्न देशमा पुगेर मन्चको कार्यक्रममा सहभागी भैरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...