News Portal

  • माओवादी केन्द्र भक्तपुरका अगुवा नेताकार्यकर्तालाई अर्थतन्त्रबारे अभिमुखीकरण

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ९ असार २०८०
    ७०७ पटक
    भक्तपुर, ९ असार २०८०

    नेकपा(माओवादी केन्द्र) मा आवद्ध भक्तपुरका अगुवा नेताकार्यकर्तालाई विश्व अर्थतन्त्र र देशको आर्थिक अवस्थाबारे अभिमुखीकरण गरिएको छ । नेकपा(माओवादी केन्द्र)को जिल्ला समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी अर्थतन्त्रबारे अवगत गराएको हो ।

    उक्त अवसरमा बागमती प्रदेश सरकार मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका पार्टीका केन्द्रीय सदस्य डिपी ढकालले विश्व अर्थतन्त्रसंग नेपाली अर्थतन्त्रको अवस्थाबारे व्याख्या गर्दै विश्वव्यापी आर्थिक मन्दीले नेपालमा पारेको प्रभावबारे प्रष्ट पारेका थिए । अर्थ राजनीतिका बिज्ञ ढकालले संघ, प्रदेश र स्थानीय तहले तय गरेका नीति तथा कार्यक्रम र बजेटको निर्माण प्रक्रिया बारे जानकारी गराउदै त्यसको कार्यान्वयनमा पार्टीले खेल्नुपर्ने भूमिका बारे पनि प्रशिक्षित गरेका बताइएको छ । उनले बजेटलाई कसरी अधिकत्तम
    जनताको हितमा प्रयोग गर्ने भन्ने बारे स्पष्ट पारेका एक सहभागीले जानकारी गराए ।

    त्यसैगरी बागमती प्रदेश सभाको सदस्य समेत रहेका अर्का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले संघीय सरकार र प्रदेश सरकारले भक्तपुरमा राखेको बजेट बारे बताउदै बजेट कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने आवश्यकता औल्याए । बजेट राख्ने भन्दा बजेट खर्च गर्ने कुरा महत्वपूर्ण रहेको भन्दै उनले बजेटको सहि सदुपयोगका लागि पहलकदमी लिनपर्ने बताए । संघ र प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेकाले बजेटको पूर्ण कार्यान्वयनमा सहयोग गरी सरकारलाई सफल बनाउनपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्मले पार्टीले पहल गरेर पारेको बजेटमा नेताकार्यकर्ताले अपनत्व लिन निर्देशन दिएका छन् । संघमा आफ्नै पार्टीको प्रधानमन्त्री र प्रदेशमा पनि मुख्यमन्त्री भएकाले भक्तपुरमा बजेटको कमी नहुने उनको भनाइ छ । पार्टीका तर्फबाट प्रदेशका दुईजना सांसद र मुख्यमन्त्रीका सल्लाहकार समेत रहेका त्यसैगरी संघका बिभिन्न मन्त्रालयमा जिल्लाका नेताहरुले राजनीतिक नियुक्ति लिएकाले यसलाई जिल्ला पार्टीले अवसरको रुपमा सदुपयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

    पार्टीका जिल्ला संयोजक सुनिल गोठे बासुले शनिवार बिहान सम्पन्न प्रशिक्षण कार्यक्रममा उत्साहप्रद सहभागीता रहेकाले बहस एवं प्रशिक्षण लाई निरन्तरता दिइने जानकारी गराए । कार्यक्रमबाट अर्थतन्त्र र बजेट निर्माण तथा कार्यान्वयन बारे सबै सहभागीले राम्रो जानकारी पाएका जिकिर गर्दै संयोजक बासुले समसामयिक विषयमा यस्ता कार्यक्रम गर्दै जाने बताए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...