News Portal

  • नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको बागमती प्रदेश अध्यक्षमा संगम लामा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ असार २०८०
    ३८४ पटक
    सानगाम लामाभक्तपुर, ९ असार २०८०

    नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको बागमती प्रदेश अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । भक्तपुरमा शनिवार सम्पन्न तेस्रो भेलाबाट लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    नवनिर्वाचित कार्यसमिति २१ सदस्यीय रहेको छ । सिंगो कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको अध्यक्ष लामाले जानकारी गराएका छन् ।

    समितिको उपाध्यक्षमा केशव कवां र नविनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल र कोषाध्यक्षमा कल्पना विश्वकर्मा सर्वसम्मत भएका छन् । त्यसैगरी सदस्यहरुमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामांग, पुष्पराज भटराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी चुनिएका छन् । बाँंकी सात जना सदस्य पछि मनोनित गरिने बताइएको छ ।

    भेलाको उद्घाटन बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । उक्त अवसरमा मन्त्री मोक्तानले खेलकुद क्षेत्रको बिकासामा आफूले कुनै कसर बाँकी नराख्ने बताइन ।
    कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केद्रीय सदस्य राजकुमार लघूलगायतले संघका बिबिध गतिविधि र भावी योजनाबारे जानकारी गराएका थिए ।

    संघका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा सम्पन्न भेलामा प्रदेश भित्रका जिल्लाबाट प्रतिनिधिहरु सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...