News Portal

  • ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’को चर्चा

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १० ासार २०८०
    ४३८ पटक
    काठमाडौं, १० ासार २०८०

    विगतमा नेपालमा जासूसी उपन्यास लेखेर नाम कमाएका श्रष्टा शरद निरोलाको नयविरम कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रा कृतिको अमेरिका विमोचन तथा समीक्षा कार्यक्रम भर्जिनियाको आर्लिङटनस्थित केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरु बसन्त श्रेष्ठ, लेखनाथ भण्डारी तथा प्रेम सङ्ग्रौलाले सो कितावमाथि आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा अतिथि साहित्यकार कृष्ण धरावासीले नियात्रा विधाको वारेमा चर्चा गरे ।

    लेखक शरद निरोलाले पुस्तक आफ्नो अनुपस्थितिमा नेपालमा विमोचन भए पनि आफ्नो उपस्थितिमा अमेरिकामा पनि विमोचन गर्नु परेको बताए ।

    कार्यक्रमको शुरुमा सभाध्यक्ष रजनी श्रेष्ठ, अतिथि कृष्ण धरावासी तथा लेखक स्वयमले सामुहिक विमोचन गरेका थिए ।

    कार्यक्रममा अतिथिहरुको स्वागत जगन्नाथ पौडेलले गरेका थिए भने कार्यक्रम नीलकण्ठ सुवेदी र परशुराम तिमिल्सिनाले गरेका थिए ।

    दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको यस कृतिको सम्पादन रमेश दाहालले गरेका हुन् भने  ई.प्रेस प्रा.लि.ले मुद्रण कार्य गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...