News Portal

  • समाजसेवी पराजुलीलाई पुत्री शोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ असार २०८०
    ३९४ पटक
    भक्तपुर, १९ असार २०८०

    भक्तपुरको ताथली इको भिलेज रिसोर्टका संचालक शिक्षासेवी, उद्यमी एवं समाजसेवी सुदर्शन पराजुलीलाई पुत्री शोक परेको छ । उनको छोरी अर्चना पराजुलीको ३५ बर्षको अल्पायुमै निधन भएको हो ।

    अर्चना ५ बर्ष अघि देखि फोक्सोको क्यान्सरबाट ग्रसित थिइन् । अर्चनालाई बचाउन उनका पिता सुदर्शन पराजुली र पति सोबित अधिकारी लगायत परिवारजनले विभिन्न देशमा लगेर सम्भव भए सम्मका उपचार बिधि अबलम्बन गरेका थिए ।

    लामो समय देखिको उपचारमा रहेकी अर्चनाको पाँच दिन अघि उपचारकै क्रममा अष्ट्रेलियामा निधन भएको पारिवारिक श्रोतले जनाएको हो । अष्ट्रेलियामै उनको अन्तिम संस्कार गरिएको बताइएको छ । अर्चनाकी एक छोरी छिन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...