News Portal

  • काठमाडौंको सिडिओ बने बस्नेत

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २० असार २०८०
    ५२७ पटक
    भक्तपुर, २० असार २०८०

    सहसचिव जितेन्द्र बस्नेत काठमाडौ जिल्लाको सिडिओ नियुक्त भएका छन् । गृह मन्त्रालयमा प्रवक्ता रहेका उनलाई काठमाडौ जिल्लाको सिडिओमा सरुवा गरिएको हो ।

    बुधबार बस्नेतलाई काठमाडौ जिल्लामा सिडिओको जिम्मेवारी दिने मन्त्रीस्तरीय निर्णय भएको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका हुन् । काठमाडौ सिडिओ घनश्याम उपाध्याय मंगलवार सचिवमा बढुवा भएपछि उनको ठाउँमा बस्नेतलाई पठाइएको गिरीले बताए ।

    काठमाडौका नवनियुक्त सिडिओ बस्नेत  गृहमन्त्रालयका अनुभवी एवं क्षमतावान  सहसचिव हुन् ।  सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका उनी गृह मन्त्रालयका प्रवक्ता पनि हुन् ।

    यसअघि गोरखा, चितवन र पर्सामा सफलपूर्वक सिडिओको जिम्मेवारी सम्हालेको अनुभव उनीसंग छ । बस्नेतको निजी निवास भक्तपुरको कौसलटारमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...