News Portal

  • एन प्याब्सनका विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुट

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असार २०८०
    ७७४ पटक
    भक्तपुर, २३ असार २०८०

    संस्थागत विद्यालय संचालकहरुको संगठन एन प्याब्सनमा आवद्ध विद्यालयबाट एसइइ उतीर्ण विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुटको व्यवस्था गरिएको छ । उनीहरुको लागि वार्षिक शुल्कमा पचास प्रतिसत छुटको व्यवस्था गरिएको हो ।

    शनिवार उच्च माध्यमिक विद्यालय संघ नेपाल(हिसान) को जिल्ला अध्यक्ष अनिल कस्पाल र एन प्याब्सनका जिल्ला अध्यक्ष संजय खड्काले एक सामाजिक सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन प्याब्सनका विद्यालयबाट एसइइ उतीर्ण विद्यार्थीलाई भक्तपुरका प्लस टुमा छुटको घोषणा गरेका हुन् ।

    उनीहरुले विद्यालयले सिफारिस गरेका विपन्न र जेहेन्दार विद्यार्थीलाई थप छुटको समेत व्यवस्था गरिएको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । विद्यार्थीको ग्रेड सीट र प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा पनि थप छुट प्राप्त गर्न सकिने बताइएको छ ।

    हिसान र एन प्याब्सनको सहकार्यमा विद्यार्थीको शैक्षिक उन्नयन र व्यक्तित्व विकास त्यसैगरी शिक्षक कर्मचारीको पेशागत दक्षता अभिवृद्धिका कार्यक्रम संचालन गर्ने समेत सम्झौता पत्रमा उल्लेख छ ।

    उक्त अवसरमा हिसानका भक्तपुर जिल्ला अध्यक्ष अनिल कस्पालले भक्तपुरका विद्यार्थीलाई प्लस टु पढ्न जिल्ला बाहिर जानुपर्ने अवस्था नरहेको जिकिर गर्दै भक्तपुरमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दर्जन बढी प्लस टु विद्यालय रहेका बताए । भक्तपुरका प्लस टुमा काभ्रे, दोलखा रामेछाप,सिन्धुली देखि मधेश प्रदेशका विद्यार्थीको समेत आकर्षण रहेको उल्लेख गर्दै उनले आफ्नै जिल्लाका विद्यार्थी अन्यत्र भौतारिता दु:ख लाग्ने गरेको बताए ।

    ‘भक्तपुरमा अत्याधिक सुविधा चाहने देखि मध्यम वर्गका अभिभावकले खोजेका विद्यालय समेत पर्याप्त छन् । हामी विद्यार्थीलाई किताबी ज्ञानका अलावा सम्पूर्ण अतिरिक्त क्रियाकलापमार्फत प्रतिभा प्रस्फुटन गराउन समेत सक्षम छौं ।’ उनले दावी गरे । भक्तपुरका विद्यार्थीलाई प्लस टु अध्ययनका लागि काठमाडौं र ललितपुर जानुपर्ने बाध्यता नरहेको बताउदै उनले गुणस्तरीय शिक्षाका लागि आफूहरुले गरेको प्रयास चित्त नबुझे मात्र काठमाडौं र ललितपुरका विद्यालयमा पढ्न जान अपिल गरे । अध्यक्ष कस्पालले प्रत्येक वर्ष ३ हजार बढी विद्यार्थी काठमाडौं र ललितपुर पढ्न जाने तथ्यांक पेश गर्दै ती विद्यार्थीलाई जिल्लामै रोक्न अभिभावक, शिक्षासेवी, समाजसेवी, पत्रकार र सम्पूर्ण सरोकारवालाले साथ् र सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा एन प्याब्सनका अध्यक्ष संजय खड्काले राजधानीका विद्यालयले गर्ने अनेकखाले प्रचारप्रसारको प्रभावमा परेर भक्तपुरका विद्यार्थी त्यता पढ्न जाने प्रवित्ति रहेको बताए । भक्तपुरका प्लस टुले आफू संग भएका सेवा सुविधा बारे प्रचार गर्न नसकेको उनको भनाइ छ ।

    अध्यक्ष खड्काले अध्ययनरत वा अध्ययन गरेका विद्यार्थीको पृष्ठपोषणले पनि नयाँ विद्यार्थीलाई विद्यालयमा तान्ने भएकाले भक्तपुरका प्लस टुमा पढेका विद्यार्थीले दिने सकारात्मक प्रतिक्रियाले पनि भक्तपुरमै अध्यययन गर्न विद्यार्थीलाई प्रेरित गर्ने प्रष्ट पारे । पत्रकारले रचानात्मक र सचेतनात्मक संदेश प्रवाह गर्न अपिल गर्दै उनले जिल्लाको शैक्षिक विकासमा पत्रकारिता जगतको पनि उल्लेखनीय भूमिका रहनेमा जोड दिए ।

    उक्त अवसरमा हिसानकी निरु ढकाल र एन प्याब्सनका केन्द्रीय कोषाध्यक्ष बिक्रम धुकुछुको आतिथ्यता रहेको थियो भने स्वागत मन्तब्य निलेश आचार्यले राखेका थिए । वक्ताहरुले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तब्य बनाउन सबैभन्दा पहिले जिल्ला बाहिर पढ्न जाने ट्रेन्ड रोक्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति र सचिव संजीप घिमिरे शुभचिन्तकले जिल्लाका प्लसटुहरु राजधानीका प्लस टुसंग प्रतिष्पर्धा गर्न सफल भएपनि ओझेलमा पर्नु दुखद भएको भन्दै महासंघ जिल्लाको शैक्षिक विकासका लागि सरोकारवालासँग सहकार्य गर्न तत्पर रहेको बताए । शिक्षाको राजधानी सानोठिमी भक्तपुरमै भएको भन्दै पत्रकारहरुले भक्तपुरलाई जिल्लाको मात्र नभई जिल्ला बाहिरका विद्यार्थीलाई समेत आकर्षित गरी ज्ञान विज्ञानको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...