News Portal

  • वार्षिक ४ करोड छात्रवृत्ति बाढ्दै भक्तपुर नगरपालिका, ख्वप कलेज अफ इन्जिनियरिङमा ४० लाख

    निशा कुस्मा भक्तपुर, ३ साउन २०८०
    ५१८ पटक
    sunil prajapati mayor at khopa collegeभक्तपुर, ३ साउन २०८०

    भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको हो ।

    बुधवार विशेष कार्यक्रमका बीच ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम वितरण गरेका हुन् ।

    छात्रवृत्ति वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजबाट प्रदान गरिने छात्रवृत्तिले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न अवसर मिलेको बताउँदै सेमेष्टर उत्कृष्ट विद्यार्थीहरुले पनि छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैमा ठूलो उपलब्धी भएको बताए । कति विद्यार्थीहरुले झुटो विवरण बुझाएर छात्रवृत्ति लिने प्रयास भएको बताउँदै तसो नगर्न र छात्रवृत्रि रकमको सदुपयोग गरी आफ्नो अध्ययन पूरा गर्न विद्यार्थीलाई प्रमुख प्रजापतिले प्रेरित गरे ।

    जागिर खान र पैसा कमाउन मात्र नभइ समाजमा स्थापित इन्जिनियर भई राष्ट्र सेवा गर्ने अठोट विद्यार्थीमा हुनुपर्ने उनले बताए । विद्यार्थीहरुले नैतिकता, अनुशासन र कर्तव्यप्रति दृढ भएर अघि बढ्नुपर्ने उनले प्रष्ट पारे ।

    उच्च शिक्षा हासिल गर्न वर्षेनि लाखौं विद्यार्थी विदेशिँदै गर्दा नेपालका विश्वविद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको र कलेजहरु समेत संकटमा पर्दै गएको बताउँदै उहाँले विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर नेपालमै बनाउन सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।

    ख्वप विश्वविद्यालय भक्तपुरबासीको मात्र नभई सबैको साझा माग भएको भन्दै उनले सरकारले छिटो भन्दा छिटो ख्वप विश्वविद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गर्नुपर्ने प्रमुख प्रजापतिले माग गरेका छन् ।

    कार्यक्रममा भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा छात्रवृत्ति सिफारिस समितिका संयोजक रविन्द्र ज्याख्वले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरुले आफ्ना अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक ४ करोड भन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको जानकारी गराए । नयाँ पुस्तालाई प्राज्ञिक रुपबाट योग्य बनाई समाजप्रति उत्तरदायी बनाउने कलेज स्थापनाको उद्देश्य रहेको र सोही अनुरुप काम भइरहेको उनको भनाइ छ ।

    उक्त अवसरमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले समाज र देशको लागि सेवा गर्ने विषयमा पनि चिन्तन गर्नु जरुरी रहेकोमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...