News Portal

  • मन्त्री श्रेष्ठले उद्घाटन गरे द्वन्द्वकालमा आफैले कब्जा गरेको गढी प्रहरी चौकीको नयाँ भवन

    भक्तपुरपोस्ट संवाददाता सिन्धुली, ४ साउन २०८०
    ४८६ पटक
    सिन्धुली, ४ साउन २०८०

    सिन्धुली, ४ साउन । सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

    बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर सहित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको हो ।

    प्रहरी चौकी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लाहरुमा ५ वटा प्रहरी भवन निर्माणअन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिकाको खाङसाङमा प्रहरी चौकी भवन निर्माण प्रक्रिया अघि बढेको पनि बताए ।

    प्रहरी भवन निर्माणको लागि बागममी प्रदेश सकारकारले झण्डै १ अर्ब ११ करोड बराबर लगानी गरिसकेको बताउनुहुँदै मन्त्री श्रेष्ठले आर्थिक बर्ष २०८०/८१ मा प्रदेश प्रहरी अस्पताल निर्माणको लागि प्रदेशको राजधानी हेटाँैडामा ३ करोड बजेट बिनियोजन भएको बताए । साथै क्रमागत रुपमा निर्माण भइरहेका २१ वटा प्रहरी चौकी भवन निर्माणको लागि आर्थिक बर्ष २०८०/८१ मा ३० करोडभन्दा बढी बजेट बिनियोजन गरेको जानकारी दिए ।

    बागतमी प्रदेशका बिभिन्न जिल्लाको प्रहरी भवनको निरीक्षण गर्दा प्रहरीहरु अहिले पनि जस्तापाताले बेरबार पारेकोे झुप्रोहरुमा बसिरहेको मन्त्री श्रेष्ठको भनाई छ । देशमा आर्थिक संकटको कारण प्रहरी चौकी भवनको आवश्यकता महशुस भएपनि बजेट बिनियोजन गर्न नसकिएको मन्त्री श्रेष्ठले प्रस्टीकरण दिएका छन् ।

    वीपी राजमार्गको चियाबारी–खुर्कोट सडक खण्डमा दिनहुँ दुर्घटना हुने भएकाले उद्धारको लागि सतर्क रहन साथै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्क रहन मन्त्री श्रेष्ठले निर्देशन दिए ।

    प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै लैजान बागमती प्रदेश सकरार प्रतिबद्ध रहेको उनले बताए । मन्त्री श्रेष्ठले प्रहरी समायोजन ऐन संसदले पारित गरिसकेर पनि प्रहरी समायोजन नेपाल सरकारले नगरेको भन्दै तुरुन्त प्रहरी समायोजन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्  ।

    ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले कब्जा गरेपछि सो चौकी पछिल्लो समयमा खनियाखर्कमा स्थानान्तरण गरिएको थियो । तर चौकीको आफ्नो भौतिक संरचना थिएन । हाल बागमती प्रदेश सरकारको लागतमा गढी प्रहरी चौकी भवन निर्माण भएको हो ।

    ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते कब्जा गर्दा कानुन मन्त्री गंगानारायण श्रेष्ठ एक कमाण्डर थिए । संयोग नै मान्नु पर्छ, मन्त्री श्रेष्ठले २०५२ सालमा कब्जा गरेको सोही प्रहरी चौकी पुननिर्माण पश्चात आज उद्घाटन आफैले उद्घाटन गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...