News Portal

  • लम्पी स्किन रोग महामारी पिडित किसानलाई सूर्यविनायक नगरपालिकाले राहत दिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ साउन २०८०
    ५३१ पटक
    basudev thapa suryabinayakभक्तपुर, ७ साउन २०८०

    गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । माहामारीका कारण गाईभैँसीको ज्यान जानेक्रम बढे संगै किसानहरु चिन्तित बनेका छन् ।

    यस रोगका कारण नेपालमा करिब २५ लाख पशुमा सङ्क्रमण फैलिने र १ लाख गाईभैँसी मर्ने जसले गर्दा झन्डै १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने नेपाल पशु चिकित्सा परिषद्‌ले प्रक्षेपण गरेको छ ।

    भक्तपुरमा पनि लम्पी स्किन रोग महामारीले उग्र रुप लिएको छ । एक्कासी गाईभैसी बिरामी पर्ने र मर्ने गर्दा किसानहरु ब्याकुल बनेका छन् । यसैबीच सूर्यविनायक नगरपालिकाले किसानलाई राहत दिने निर्णय लिएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकबाट लम्पी स्किन रोग पिडित किसानलाई राहत दिने निर्णय गरिएको नगर प्रवक्ता रविन्द्र सापकोटाले जानकारी गराएका छन् ।

    लम्पी स्किन रोग महामारीले गाईभैसी मरेका भए नगर भित्रका किसानलाई नगरपालिकाले राहत दिने प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले प्रष्ट पारे । आइतवार नगरपालिकाले पन्ध्र दिने सूचना जारी गर्दै राहतका लागि आवश्यक प्रमाण सहित निवेदन दिन पन्ध्र दिनको समय सीमा दिएको उनले जानकारी गराए । जारी सूचना अनुसार दुहुनो गाईभैसी मरेको भए १० हजार र थारो भए ७ हजार राहत स्वरुप किसानलाई उपलब्ध गराइनेछ । लम्पी स्किन रोग महामारी पिडित किसानले आफ्नो वडा कार्यालयमा निवेदन दर्ता गराउन सक्ने बताइएको छ ।

    लम्पी

    लम्पी

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...