News Portal

  • बालकोटबाट नियन्त्रित लागूऔषध सहित तामाङ्ग पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ साउन २०८०
    ३५४ पटक
    भक्तपुर, ९ साउन २०८०

    भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित रविन्द्र तामाङ्ग पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा लागूऔषध फेला परेपछिं पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए । डिएसपी गिरीले जानकारी दिए अनुसार तामाङ्ग लाई नाइट्राभेट १ सय ४९ ट्याब्लेट, डाइजेपाम ३ सय ९५ पीस, नुरफिन ६३ पीस र मोबाइल २ थानसहित नियन्त्रणमा लिइएको छ ।

    लागू औषध कसरोबारीको जालो समात्न र कारवाहीका लागि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...

    ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

    प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला...

    निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व

    नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज...

    बालकोटमै आएर गगन थापाको चुनौती, प्रधानमन्त्रीले राम्रो काम नगरेका दाबी

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई...