News Portal

  • सुन प्रकरणमा ‘रेडी ट्रेड’को गोदाममा राजस्व अनुसन्धानको छापा,५५ बाकस ब्रेक प्याड बरामद

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० साउन २०८०
    ७३९ पटक
    भक्तपुर, १० साउन २०८०

    राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्राली’को गोदाममा छापा मारेको छ । एक साता अघि त्रिभुवन विमानस्थल बाट समातिएको सुनको अनुसन्धान गरिरहेको विभागले गोदाममा छापा मारेको हो ।

    गोदामबाट मोटरसाइकल र स्कुटरमा लाग्ने थप ब्रेक प्याड बरामद गरिएको बताइएको छ । ५५ बाकस ब्रेक प्याड बरामद गरिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । बरामद भएको सुन हङकङबाट ‘रेडी ट्रेड प्राली’ ले मगाएको देखिएकाले विभागको टोली गोदाममा पुगेको हो । पक्राउ परेकाहरुको बयान अनुसार सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।

    बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ । विभागको टोलीले कमलपोखरीस्थित उनको घरमा छापा मारेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर निस्किएका करिब १ सय किलो सुन बरामद भएको घटनामा अनुसन्धान गर्ने क्रममा विभागको टोली उनको घरमा पुगेको हो।

    यस प्रकरणमा विभागले हाल सम्म १६ जनालाई पक्राउ गरिसकेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...