News Portal

  • रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान सरकारको आग्रह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ साउन २०८०
    ४७६ पटक
    भक्तपुर, १३ साउन २०८०

    परराष्ट्र मन्त्रालयले विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

    मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न आग्रह गरेको छ ।

    ‘आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ ।

    सामाजिक सञ्जालमा आउने नक्कली विज्ञापनका झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई परराष्ट्रले अनुरोध गरेको छ ।

    विदेशमा रोजगारी गर्न जाँदा पर्यटक र भिजिट भिसामा नगई प्रचलित नेपाल कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान मन्त्रालयले अनुरोध गरेको छ ।

     

    33Shares
    facebook sharing buttonShare
    messenger sharing buttonShare
    twitter sharing buttonTweet
    whatsapp sharing buttonShare
    email sharing buttonEmail
    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...