News Portal

  • साइबर अपराध आरोपीलाई रेड नोटिस मार्फत पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ साउन २०८०
    ५४८ पटक
    भक्तपुर, २६ साउन २०८०

    इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरी एक प्रतिवादीलाई मलेशियाबाट नेपाल फिर्ता ल्याइएको छ । म्याग्दी जिल्लाको साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विक लाई मलेसियाबाट नेपाल फिर्ता ल्याइएको हो ।

    पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ रेकर्ड गरेका नग्न भिडियो, फोटो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा ‘फेक एकाउन्ट’ बनाइ ती सामग्री पोर्न साइटमा अपलोड गरी चरित्रहत्या गरेकोसम्बन्धी साइबर अपराध मुद्दामा उनलाई अदालतले पक्राउ आदेश दिएपनि उनी प्रौ पर्न सकेका थिएनन् ।

    जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएका विकलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेशियासँग समन्वयगरी सोमबार नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

    विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीले जानकारी दिए बमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा विसं २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट‘रेड नोटिस’ जारी गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...