News Portal

  • अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ साउन २०८०
    ६९६ पटक
    भक्तपुर, १७ साउन २०८०

    सरकारले सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी संचालन गर्न निर्देशन दिएको हो ।

    सरकारी र सामुदायिकाका लागि मात्र  नभई निजी र गैरसरकारी अस्पतालले समेत आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न परिपत्र गरिएको मन्त्रालय श्रोतले पुष्टि गरेको छ । यसका लागि एक महिनाको समयसीमा दिइएको बताइएको छ ।

    आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन नभएको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ,’ परिपत्रमा भनिएको छ । परिपत्रमा अस्पताल फार्मेसीले २४ घण्टा नै सेवा दिनुपर्ने उल्लेख छ ।

    अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने र सोबाहेक अन्य फार्मेसी हुनुनहुने भन्ने उल्लेख गरिएको छ । त्यसैको आधारमा सरकारले कडाइ गरेको हो ।

    भक्तपुरका अधिकांश अस्पतालको आफ्नै फार्मेसी छैनन् । उनीहरुले अरु कम्पनीलाई फार्मेसी संचालनको जिम्मा दिएका छन् । फार्मेसीले चर्को मूल्य असुलेको विषयमा अनुगमन हुँदा अस्पतालहरु फार्मेसी आफ्नो स्वामित्वमा नरहेको भन्दै पन्छिने गरेका छन् । सरकारको पछिल्लो परिपत्रले अस्पताललाई आफ्नै फार्मेसी संचालनमा कडाइ गरेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...