News Portal

  • सिंहदरबारबाट २६ कर्मचारीलाई झारियो मधेश, शुन्यमा झर्यो निमित्त प्रशासकीय प्रमुख

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ साउन २०८०
    ६९५ पटक
    भक्तपुर, १८ साउन २०८०

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मधेश प्रदेशका स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिहीन बनाएका छन् । निमित्तका भरमा चलेका स्थानीय तहलाई शुन्यमा झार्ने उद्घोष गरेका मन्त्री मोदीले मधेशका २६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएका हुन् ।

    मधेश प्रदेशका विभिन्न नगरपालिकामा शाखा अधिकृत वा नायब सुब्बास्तरका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए भने गाउँपालिकामा नायब सुब्बा, खरिदार तहका कर्मचारीले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालीरहेका थिए ।

    मन्त्री मोदीले सिंहदरवारमा रहेका उपसचिवलाई नगरपालिकामा र शाखा अधिकृतलाई गाउँपालिकामा खटाएपछि शक्ति केन्द्रको रुपमा रहेको सिंहदरबारबाट पनि सरुवा भएर स्थानीय तहमा सेवा गर्न जानुपर्ने उदाहरण स्थापित हुन पुगेको छ ।

    निमित्तमार्फत् सञ्चालन भइरहेको धनुषाको जनकनन्दनी गाउँपालिकामा गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृत उतम शर्मा, धनकौल गाउँपालिका सर्लाहीमा गृह मन्त्रालयकै गणेश गौतमसहित गृहका अन्य ६ जना शाखा अधिकृतलाई सर्लाहीका विभिन्न स्थानीय तहमा सरुवा गरिएको मन्त्री मोदीका स्वकीय सचिव सुमन कालिकोटेले बताएका छन् ।

    त्यसैगरी सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा वर्षौदेखि रहेका १८ जना उपसचिवको पनि मधेश प्रदेशका स्थानीय तहमा सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव बेदराज फुयाँलको नराईन नगरपालिका धनुषा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत उपसचिव काजी बहादुर विष्टको विदेह नगरपालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लवराज जोशीको शहिदनगर नगरपालिका धनुषासहित सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत १८ जना उपसचिवको मधेश प्रदेशका विभिन्न स्थानीय तहमा सरुवा भएको बताइएको छ ।

    यसअघि मधेश प्रदेशमा कोही पनि कर्मचारी जान नखोज्ने, सरुवा भएका कर्मचारीहरु हाजिर गर्न नमान्ने र जनप्रतिनिधिले पनि हाजिर गर्न नदिनेजस्ता बेथितिले जरा गाडेको र मन्त्री मोदीले यो बेथितिको अन्त्य चाहेको उनका प्रेस संयोजक बुद्ध लोप्चनले बताए । सुशासनको क्षेत्रमा यो कदम महत्वपूर्ण रहेको मन्त्री मोदीका स्वकीय सचिव सुमन कालिकोटेले दावी गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...