सानोठिमीको बाल सुधारगृह ब्रेकगरी २ सय कैदीबन्दी पुगे कोटेश्वर, कानुन हातमा नलिन सिडिओको आग्रह
सानोठिमीस्थित बाल सुधार गृहमा रहेका करिब २ सय कैदीबन्दीले बिद्रोह गरेका छन् । लाठी भाला सहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह ब्रेक गरि बिद्रोह गरेका हुन् । आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो । बालसुधार गृहभित्र रहेका थुनुवाले बन्दीगृह प्रशासन विरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्कन खोजेपछि सोमबार दिउसो सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो । गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका छन् । सुधारगृहले आइतवार बिहान बस्नेतको परिवारलाई उनको मृत्युको खबर दिएको भए पनि मृत्युको कारण पुष्ट्याई थाहा हुन नसकेको भन्दै आफन्त र कैदीबन्दी आक्रोशित छन् । आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन शुरु गरिसकेको छ । बाहिरी उक्साहटमा लागेर सुधार गृहमा रहेकाहरुलाई उपद्रो नगर्न प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका छन् … Continue reading सानोठिमीको बाल सुधारगृह ब्रेकगरी २ सय कैदीबन्दी पुगे कोटेश्वर, कानुन हातमा नलिन सिडिओको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed