News Portal

  • बिजुक्छेँ भेट्न भारतीय बुद्धिजीवीहरु भक्तपुरमा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर,१० भदौ २०८०
    १००२ पटक
    भक्तपुर,१० भदौ २०८०

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट्न भारतीय लेखक एवं बुद्धिजीवीहरु भक्तपुर आएका छन् । लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार अध्यक्ष बुजुक्छेंसंग भेटघाट तथा राजनीतिक छलफल गरेको हो ।

    भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि भएको बताएका छन् । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरुजनताको सेवामा निस्वार्थरुपले निरन्तर समर्पित रहेका बताउदै उनले नेमकिपाले कार्यकर्ताहरुको वैचारिक प्रशिक्षणमा जोड दिएकै कारण त्यों सम्भव भएको अनुभव सुनाए ।

    पुँजीपति वर्गको तुलनामा कामदार वर्ग सँग राज्यसत्ता चलाउने राजनीतिक र कुटनीतिक अनुभवको कमी भएको कारणले समाजवादी देशहरुमा पनि पुँजीवाद पुनस्थापनाको सम्भावना रहने उल्लेख गर्दै उनले यसबारे कम्युनिस्ट कार्यकर्ताहरु सदैव सचेत रहनु पर्ने आवश्यकता औल्याए ।

    भेटघाटमा लेखक विजय प्रसादले वर्तमानको आन्दोलन र सङ्घर्षबाट नै भविष्यको समाजवादको चरित्र निर्धारण हुने बताउदै कम्युनिस्ट पार्टीहरु सँधै जनतासँग जोडिएर रहनुपर्नेमा जोड दिए । बिभिन्न देशहरुको समाजवादी आन्दोलनबाट पाठ सिक्नुपर्ने भन्दै उनले भौतिक परिवर्तनमा मात्रै जोड दिएर वैचारिक आन्दोलन र जनताको राजनीतिक प्रशिक्षणलाई महत्वमा नराख्दा धेरै देशका कम्युनिस्ट पार्टीहरु असफल भएको उदाहरण दिए ।

    भेटमा भारतीय प्रतिनिधि मण्डलका सदस्यहरु सुधनवा देसपाण्डे, पी अम्बेडकर, बिनुथा, रोजा प्रसाद र नेपाली मित्र प्रमेश पोखरेलको सहभागिता रहेको थियो । त्यसैगरी नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति, सुरेन्द्रराज गोसाई, राजेन्द्र चवाल पनि भेटघाटमा उपस्थित रहेका थिए ।

    भेटघाट अघि टोलीलाई भक्तपुरको खौमा स्थित लायकुमा भक्तपुर नगरपालिकाका प्रमुख समेत रहेका पार्टी केन्द्रीय सदस्य सुनिल सुनील प्रजापतिले स्वागत गरेका थिए । त्यस्तै टोलीले लायकु र टौमढी क्षेत्रका ऐतिहासिक सम्पदाहरु अवलोकन गर्नुका साथै नगरपालिकाद्वारा संचालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप ईन्जिनीयरिङ कलेज र स्थानीय भक्तपुर बचत द्वारा संचालित आदर निकेतनको पनि अवलोकन गरेको थियो।
    को हुन् विजयप्रसाद

    साम्राज्यवाद तथा उपनिवेशवादको विरोधमा क्युवा र ल्याटिन अमेरिकी जनताको संघर्षको विषयमा निरन्तर कलम चलाउँदै आएका विजय प्रसाद क्रान्तिकारी लेखक हुन् । लेखकका अलावा पत्रकार, राजनीतिक विश्लेषक , इतिहासकार, साम्राज्यवाद र उपनिवेशवाद विरोधी मार्क्सवादी बुद्धिजीविका रुपमा अन्तर्राष्ट्रिय बामपन्थी आन्दोलनमा उनले आफ्नो परिचय बनाएका छन् ।

    लेखक विजय प्रसाद भरतीय कम्युनिस्ट पार्टी(मार्क्सवादी) निकट प्रकाशन संस्था लेफ्टवर्ड बुक्स का प्रधान सम्पादक पनि हुन । ईराक, अफ्गानिस्तान, लिबिया र सिरियामा अमेरिकी साम्राज्यवादी आक्रमण, भारतको दलित समुदाय, हिन्दुत्व, प्यालेष्टाईन, अरव आन्दोलन, दक्षिणी गोलार्द्ध, रसियाली अक्टोवर क्रान्ति, जलवायु परिवर्तन, तेस्रो विश्वमा समाजवादी आन्दोलन आदी विभिन्न विषयमा उनका दुई दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन्।

    उनले क्युवाली समाजवाद तथा क्युवाली क्रान्तिको पक्षमा लेख्दै आउनुका साथै ऐक्यवद्धता आन्दोलनमा समेत सहयोग पु¥याउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...