सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । सोमबार आयोगले सूचना जारी गरी बदुवाको लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले २५ प्रतिसत आन्तरिक प्रतियोगिता बाट र बाँकी कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा गरिने बताएको छ ।
आन्तरिक प्रतियोगिताका लागि आयोगको अनलाइनमा उपलब्ध आवेदन फारम भर्न भनिएको छ भने कार्यसम्पादन मूल्यांकनको बढुवाका लागि सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई मार्फत फारम पठाउन सकिने व्यवस्था मिलाइएको बताइएको छ ।
फारम भर्न असोज ९ गतेसम्मको समय दिइएको छ भने दोब्बर दस्तुर तिरेर असोज १६ गतेसम्म फारम भर्न सकिने छ ।
हेर्नुस विज्ञापन