News Portal

  • भक्तपुरले सापारुसंग जोडेर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ भदौ २०८०
    ६१६ पटक
    bhaktapur maoistभक्तपुर, १३ भदौ २०८०

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभर एकैदिन भदौ १६ गतेबाट शुरु हुँदैछ । ३ महिने यो अभियानमा पार्टी र जनताबीच टुटेको कडी जोड्ने माओवादी केन्द्रले जिकिर गरेको छ ।

    अभियानका लागि केन्द्रीय नेताहरुलाई नगर र वडाको जिम्मेवारी दिएर माओवादी केन्द्रले मैदानमा खटाएको छ । भक्तपुरमा पनि केन्द्रीय नेताहरुले अभियानको तयारीका लागि बैठक सम्पन्न गरिसकेका जिल्ला संयोजक सुनिल बासुले बताएका छन् । नगर र वडाले आफ्नो सृजनशीलतामा भदौ १६ गते विशेष कार्यक्रम गरी अभियान शुरु भएको घोषणा गर्ने तयारी भैरहेको उनको भनाइ छ ।

    यसैबीच नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर समितिले नगरको ऐतिहासिक एवं सास्कृतीक पर्व सापारु (गाइजात्रा) को अवसरमा परेको अभियानलाई सापरुसंग जोडेर उद्घाटन गर्ने तयारी गरेको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन । सो दिन घिन्ताङ्गघिसी ट्वाक्क कार्यक्रम गरी अभियान उद्घाटन गरिने उनले खुलासा गरे ।

    नगर सचिव बिक्रम ह्यांगोले भदौ १६ गते घिन्ताङ्गघिसी सहित नगर परिक्रमा गरी अभियान उद्घाटन गरिने बताए । भनपा ८ लिवालीमा भेला भई दिउँसो १ बजेबाट घिन्ताङ्गघिसी ट्वाक्क खेल्दै माकः प्याखङ, व्यङगात्मक नाटक, साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्दै नगर परिक्रमा गरिने र अभियानमा लामबद्ध बन्ने उनले जानकारी गराएका छन् ।

    पार्टी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले भक्तपुर नगरपालिकाले अभियानलाई यहाँको इतिहास र संस्कृती संग जोड्न खोजेको जिकिर गर्दै पुन: यहाँका जनतासंग पार्टीलाई जोड्न अभियान सफल हुने बिश्वास व्यक्त गरेकी छन् । यस नगरमा उनी सहित केन्द्रीय सदस्यहरु कुमार पौडेल र दीर्घराज श्रेष्ठले समेत अभियानको नेतृत्व गर्ने जिम्मेवारी पाएका नेता बालकृष्ण दुगुले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...