News Portal

  • समाजवादी बिचारलाई स्थापित र बलियो बनाउन पुस्तकालय आवश्यक : बिजुक्छें  

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ भदौ २०८०
    ४४२ पटक
    narayanman sunilभक्तपुर, १५ भदौ २०८०

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी बिचारलाई समाजमा स्थापित गर्न पुस्तकालय महत्वपूर्ण हुने प्रष्ट पारेका छन् । पुँजीवादी समाजमा समाजवादी विचार प्रवाह गर्नमा पुस्तकालयले उल्लेखनीय भूमिका खेल्ने उनले प्रष्ट पारेका हुन् ।

    १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भक्तपुर नगरपालिकाले शुक्रवार आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पुस्तक ज्ञानको श्रोत भएको भन्दै पुस्तकालयले नयाँ पुस्तामा बिचारको बिकास गर्न र उनीहरूको बौद्धिक स्तर निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    नगरभित्रका सामुदायिक पुस्तकालयहरूको स्तरोन्नतितर्फ नपाले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले वडागत रुपमा फरक फरक विशेषतायुक्त पुस्तकालयको व्यवस्था गर्न समेत नगरपालिकालाई सुझाव दिएका छन् ।

    पुस्तकालयले पाठकहरूबीच समयसान्दर्भिक छलफल र अन्तरक्रियाहरू सञ्चालन गर्दै जनतामा उच्च चेताना भर्न सक्नुपर्ने उनको० भनाइ रहेको छ ।

    कार्यक्रमाम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनज्योति पुस्तकालय ई लाइब्रेरीको रुपमा सञ्चालन भएसँगै भक्तपुरमा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनको निम्ति काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जिकिर गरेका छन् । जनज्योति पुस्तकालयलाई सुविधासम्पन्न पुस्तकालयको रुपमा विकास गरी राष्ट्रिय स्तरको पुस्तकालयमा स्तरोन्नति गर्ने नपाको उद्देश्य रहेको उनले जानकारी गराए ।

    विद्यार्थीहरूको पठन संस्कृतिको विकासको लागि पुस्तकालय निर्माण, आर्थिक सहयोग र व्यवस्थापनमा नपाले विशेष ध्यान दिएको उनको दावी छ । सामान्य नागरिकलाई महान् बनाउन पुस्तकालयको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै उनले समाज परिवर्तनको लागि अध्ययन तथा अनुसन्धान गर्ने काममा पुस्तकालय लाई प्रयोग गरिने बताए ।

    त्यस्तै उपप्रमुख रजनी जोशीले पुस्तकालयलाई छलफल र अन्तरक्रियाको थलोको रुपमा विकास गर्नुपर्ने बताउँदै पुस्तकालय समाजको ऐना हो र यसले नागरिकहरूको बौद्धिक स्तर उकास्न सकारात्मक भूमिका खेलिरहेको बताइन ।

    उक्त अवसरमा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, जनज्योति पुस्तकालयका शाखा अधिकृत भूपाल मुल लगायतले पुस्तकालयको महत्व माथि प्रकाश पार्दै यो समाज तथा राष्ट्रकै ऐना भएको प्रष्ट पारेका थिए । कार्यक्रममा प्रगति पुस्तकालयका रबिन्द्रप्रसाद कुसी, सहिद राजकुमार स्मृति पुस्तकालय, ब्यासीका कृष्णप्रसाद सुवाल, ख्वप इन्जिनियरिङ कलेज लिबालीका जसतारा कोजु, बागीश्वरी मावि च्याम्हासिंहका रत्नशोभा फैजुले पुस्तकालयका विविध गतिविधिबारे अवगत गराउँदै नगरका सार्वजनिक पुस्तकालयको उपलब्धी, अवस्था र चुनौतीहरूबारे अवगत गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...