News Portal

  • जनतासंग माओवादी अभियानको रौनक, घिन्ताङ्गघिसी गरी भक्तपुरमा उद्घाटन

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १६ भदौ २०८०
    ३२२ पटक
    भक्तपुर, १६ भदौ २०८०

    नेकपा (माओवादी केन्द्र)को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान भक्तपुरमा सांस्कृतिक कार्यक्रम गरी उद्घाटन भएको छ । देशब्यापी रुपमा उद्घाटन भएको यो अभियान भक्तपुरमा घिन्ताङ्घिसी ट्वाक्क कार्यक्रम गरी उद्घाटन भएको हो ।

    शनिवार भक्तपुर नगरपालिका ८ स्थित लिवालीबाट र्यालीको रुपमा शुरु भएको घिन्ताङ घिसीले नगर परिक्रमा गरेको थियो । करिब ४ घण्टा सम्म चलेको यो कार्यक्रम मार्फत माओवादी केन्द्रले भक्तपुरमा पार्टीको अभियानलाई संस्कृतीसंग जोड्न खोजेको यस नगरमा अभियानको जिम्मेवारी पाएका केन्द्रीय सदस्य एवं संघीय सांसद गङ्गा कार्की बिश्वले बताए ।

    भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्व सापारु अर्थात गाइजात्राको समयमै पार्टीको रुपान्तरण अभियान शुरु भएकोले गाइजात्राको महत्वपूर्ण सांगीतिक कार्यक्रम घिन्ताङ्ग घिसी ट्वाक्क संगै बिभिन्न झाँकी र प्लेकार्ड प्रदर्शन गरी अभियान उद्घाटन गरिएको अर्का केन्द्रीय सदस्य केशव नेपालको भनाइ छ ।

    सापारुको ७ दिन सम्म भक्तपुरमा चल्ने सास्कृतीक झाकी,नृत्य र मनोरन्जनलाई आत्मसाथ गर्दै माओवादी केन्द्रले अभियान उद्घाटन गर्दा कार्यकर्ता मात्र होइन, स्थानीय समेत उत्साहित देखिन्थे । हर्ष उल्लासका साथ् घिन्ताङ्ग घिसीमा सामेल हुँदै नाच्दै हिडेका माओवादीलाई बिभिन्न वडामा स्थानीयले स्वत:स्फूर्त स्वागत गरेका थिए । दुई लठ्ठी आपसमा जुधाई संगीतको तालमा रमाउने यो मनोरन्जनात्मक घिन्ताङ्गघिसीमा माओवादी केब्द्रका स्थानीय नेताकार्यकर्ता मात्र होइन, स्थानीय नगरबासी समेत रमाएका देखिन्थे । सहभागीहरुले घिन्ताङ्गघिसीमा लठ्ठीका साथै हसिया र हतौडाको समेत प्रयोग गरी श्रमजीवीको एकताको प्रदर्शन गरेका थिए ।उक्त अवसरमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा गरिएका राम्रा कामहरुको प्ले कार्ड मार्फत प्रदर्शनी गरिएको थियो ।

    भक्तपुरको ऐतिहासिक सस्कृतीलाई राजनीति संग जोडेर गरिएको यो पहिलो कार्यक्रम भएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । स्थानीय समेत रहेका संविधान सभा सदस्य सत्यलाल मूलले घिन्ताङ्घिसीलाई अश्लील र अराजक हुन नदिन सचेत हस्तक्षेप जरुरी रहेको र माओवादी केन्द्रले यो दायित्व पूरा गरेको जिकिर गरे । जिल्ला संयोजक सुनिल बासुले बताए अनुसार गाइजात्रा लाई जनचेतना जगाउने पर्वको रुपमा समेत लिइने भएकोले यस पर्वको अवसरमा परेको अभियानलाई पार्टीप्रतिको भ्रमपूर्ण प्रचार तोड्न प्रयोग गरिएको हो । राजनीति र सस्कृती दुबैको उन्नतीका लागि सचेत नागरिक आउनुपर्ने उल्लेख गर्दै उनले आफूहरु त्यसका लागि तयार रहेको बताए ।

     

    अभियानको नेतृत्व पाएका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले हजारौं जनता उत्साहित भएर कार्यक्रममा सहभागी भएका र नगरका बहुसंख्यक जनताले अवलोकन गरेकाले पार्टीको अभियान प्रभावकारी रुपले अघि बढेको बताए । घर घरमा माओवादी जनजनमा माओवादी भन्ने नारालाई उद्घाटन कार्यक्रमले नै मूर्तरुप दिएको उनको दावी छ । त्यस्तै भक्तपुरको तर्फबाट निवर्तमान प्रदेश सभा सदस्य समेत रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले ३ महिले अभियानमा भक्तपुरलाई जुरुक्कै उठाउने जिकिर गर्दै यहाँ पार्टीको पुरानो बिरासत कायम गर्ने बताएकी छन् ।

    कार्यकममा केन्द्रीय सदस्यहरु बिमला सुवेदी, कुमार पौडेल लगायत पनि सहभागी रहेका थिए । उनीहरुले भक्तपुरको ३ वटा नगरपालिकामा प्रत्येक वडामा विशेष क्षेत्र सरसफाई गरी अभियान उद्घाटन गरिएको जानकारी गराउंदै भक्तपुरको नगरको अभियान उद्घाटन भने ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् ।

    https://fb.watch/mP9gXHs3ju/

     

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...