News Portal

  • पर्यटन यातायात व्यावसायी संघमा सापकोटाको नेतृत्वमा उम्मेदवारी दर्ता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ भदौ २०८०
    ७१२ पटक
    भक्तपुर, १८ भदौ २०८०

    नेपाल पर्यटन यातायात व्यावसायी संघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटाको नेतृत्वमा विधिवत् उम्मेदवारी दर्ता भएको छ ।

    पर्यटन यातायात व्यावसायमा सानै उमेरदेखि रुचिपूर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन बुद्ध टुर्स एन्ड ट्रान्स्पोर्ट प्रा लि का प्रबन्ध निर्देशक छन ।

    आगामी भदौ १९ गते हुने निर्वाचनको लागि सापकोटाको नेतृत्वको प्यानलवाट वरिस्ट उपाध्यक्ष भरतप्रसाद तिमल्सिना, उपाध्यक्ष अन्जन महर्जन, महासचिव अनिल मोक्तान, सचिव प्रमोद प्रसाद अर्याल, कोसाध्यक्ष रामकुमार बस्नेत र सदस्यहरुमा क्रमशः वाजिराम घिमिरे, इन्द्र बहादुर पाठक , सुदिन महतको उमेदवारी दर्ता गरिएको छ ।

    निर्वाचन भएपछि संघको साधारणसभा भाद्र २२ मा हुने बताइएको छ । अध्यक्ष पदमा तपाइको उमेदवारी किन भन्ने प्रश्नमा सापकोटाले व्यावसायलाई थप मर्यादित र सेवालाई प्रभावकारी बनाउन तथा व्यवसायीको हक हितमा समर्पित भएर लाग्ने उद्देश्यले आफुले उमेद्वारी दिएको बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...