News Portal

  • उपचार नपाएर बालिकाको मृत्युबारे समाचार आएपछि छानबिन समिति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० भदौ २०८०
    ६३७ पटक
    भक्तपुर, २० भदौ २०८०

    कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएकी एक बालिकाले पालो पर्खदापर्खदै ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भएपछि छानबिन गर्न समिति गठन भएको छ । उपचार नपाएर बालिकाको मृत्यु भएको समाचार मिडियामा सार्वजनिक भएपछि अस्पताल प्रशासनले छानबिन समिति बनाएको हो ।

    अस्पतालका निर्देशक डा. पंकज रायले प्रकाश जोशीको संयोजकत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएका हुन् । समितिमा नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य र शाखा अधिकृत डमरु दाहाल सदस्य सचिव रहेका छन् । समितिलाई घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न पाँच दिनको समय दिइएको छ ।

    मकवानपुरको थाहा नगरपालिका भर भै काठमाडौंको बाफल बस्ने पाँच वर्षीया बालिका रेजिशा गोपालीको सोमबार साँझ उपचार नपाएर ज्यान गएको थियो । रेजिशालाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५ बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याए पनि ७ बजेसम्म उपचारको पालो नआएपछि उनको मृत्यु भएको थियो ।

    यो समाचार बाहिरीए संगै अस्पतालको लापरवाहीको विषय लाई लिएर देशभरका मानिस दुखी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्ता घटनाले राज्यप्रति बितृष्णा बढाउने बताउदै समाचारमा भनिए जस्तै उपचार नगरिएको भए दोषी उपर कडा कारवाही गर्न निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...