मध्यपुर थिमिका विद्यालयमा पहिलोपटक नगरपालिकाबाट छात्रवृत्ति वितरण (नामावलीसहित)

मध्यपुर थिमि नगरपालिकाभित्र कक्षा ११ मा छात्रवृत्ति माग गर्ने सबै विद्यार्थीले सो सुविधा पाएका छन् । उपलब्ध कोटा भन्दा कम आवेदन परेपछि सबैले छात्रवृत्ति पाएका हुन् । मध्यपुर थिमि नगरपालिकाले आफू मातहतका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार लगायतको आरक्षण कोटामा विद्यार्थीलाई पहिलोपटक छात्रवृत्ति प्रदान गर्न सफल भएको हो । पहिलोपटक छात्रवृत्ति उपलब्ध गराएको प्रति सरोकारवालाले प्रशन्नता प्रकट गरेका छन् । नगर भित्र संचालित विद्यालयहरुमा कक्षा ११ मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको हो । नगरपालिकाले प्रकाशन गरेको सार्वजनिक सूचना अनुसार आवेदन दिने विद्यार्थीहरु मध्ये गरिव जेहेन्दार र विपन्न ४३ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ  । छात्रवृत्ति पाउने विद्यार्थीहरुमा आदर्श जनप्रेमी ईं स्कुल (जनप्रेमी वल्र्ड स्कुल)का ८ जना, चाणक्य कलेज अफ म्यानेजमेन्टका १० जना, सिवर्ड कलेजका ९ जना र सनसाइन (एसएस)स्कुलका १४ जना रहेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिएका छन् । सानोठिमीस्थित एस ओ एस हर्मन माइनर विद्यालयका लागि समेत आवेदन परेको भएता  नगरपालिकाले … Continue reading मध्यपुर थिमिका विद्यालयमा पहिलोपटक नगरपालिकाबाट छात्रवृत्ति वितरण (नामावलीसहित)