News Portal

  • एमालेको मिसन २०८४ शुरु, भक्तपुरमा भए ७ हजार सदस्य

    बाबुराम दाहालभक्तपुर, २२ भदौ २०८०
    ५४८ पटक
    भक्तपुर, २२ भदौ २०८०

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले नयाँ सदस्यहरुलाई शनिवार एकसाथ सपथ ग्रहण गरेको छ । जिल्लाका नेताहरुको उपस्थितिमा भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

    कार्यक्रममा १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका जिल्ला सचिव मोहन वीर श्रेष्ठले जानकारी गराएका छन् । कार्यक्रम शनिवार बिहान सल्लाघारीस्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको थियो भने सो कार्यक्रमका लागि प्रति सहभागी ४ सय रुपैया शुल्क उठाइएको थियो । यो कार्यक्रमसंगै भक्तपुरमा एमालेको मिसन २०८४ शुरु भएको समेत बताइएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाश ढुङ्गेलले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने प्रष्ट पार्दै कम्युनिष्ट आचरण र व्यवहार प्रदर्शन गर्न निर्देशन दिए । ”आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, आफूलाई पार्टी नीति अनुरुप परिवर्तन गर्नुस् र समाज अनि देश अनिमात्र परिवर्तन हुन्छ ।” उनले भने ।

    उनले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने जिकिर गर्दै राष्ट्रवादी र देशभक्त व्यक्ति मात्रै एमाले बन्न सक्ने बताए । काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीलाई काम नलाग्ने भन्दै उनले क्रियाशीलतामा जोड दिए ।

    एमाले सत्ताबाट बाहिर रहेकाले निर्णायाक ठाउँमा नभएको भन्दै इन्चार्ज ढुङ्गेलले भने, “अब मिसन २०८४ सुरु गरेका छौँ, एमालेलाई फेरी पनि समृद्ध बनाउन कम्मर कस्नुपर्छ ।” भक्तपुरमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताउदतै उनले एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर अघि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी संगठित सदस्य भएको भन्दै संगठनमा बल हुने बिश्वास दिलाए ।
    ”आजैबाट मिसन २०८४ सुरु भयो, आज खाएको कसम सम्झेर आउँदो निर्वाचनमा एमालेलाई देशकै ठूलो पार्टी बनाएर देश चलाउने अवस्थामा पुर्याउनुपर्छ ।” उनले भने ।

    विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै अध्यक्ष देउजाले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्त, विचार र जबजले एमालेमा जनाकर्षण रहेको जिकिर गरे ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, पार्टीका उपाध्यक्ष एवं सूर्यविनायाकका मेयर बासुदेव थापा, वागमती प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...