News Portal

  • जगाती नजिक दुर्घटना, २५ वर्षिया नविनाको निधन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ भदौ २०८०
    ५०६९ पटक
    भक्तपुर, २२ भदौ २०८०

    भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-८ जगातीनजिक आदर्शमा मोटरसाइकल एक आपसमा ठोक्किदा पछाडि सवार एक युवतीको ज्यान गएको छ भने दुबै सवारी चालक घाइते भएका छन् ।  दुर्घटना शुक्रवार राती करिब पौने ८ बजे भएको हो ।

    ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका २ घिमिरेगाउँ बस्ने वर्ष २५ की नविना काफ्ले घिमिरे रहेकी छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

    नविना सूर्यविनायकबाट जाँदै गरेको प्रदेश नं ३ –०२–००२प ६९३ नं को मोटरसाइकलमा सवार थिइन् । सूर्यविनायक तर्फ आउदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल र उनी सवार मोटरसाइकल ठोक्किदा मोटरसाइकल अनियन्त्रित भई सुर्यविनायक बाट जागाती तर्फ जादै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाई दुर्घटना भएको थियो ।

    उक्त मोटरसाइकल चालक वर्ष ३० को किरण घिमिरे घाइते भएका छन् भने अर्को मोटरसाइकलका चालक ओखल ढुंगाको सुनकोशी गापा ४ घर भई हाल नलिनचोक बस्ने वृत जनसेवा दरबन्दी भएका वर्ष ३२ को  प्रहरी जवान हिरा बडाल पनि घाइते छन । घाइते दुबैको उपचार भैरहेको र चिन्ताजनक अवस्था नरहेको प्रहरीको भनाइ छ ।

    टेलर चालक विरगन्ज २ बस्ने वर्ष २५ को हासिब हुसेन अन्सारी वृत जगातीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...