News Portal

  • सशस्त्र प्रहरी गणलाई ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानले उपलब्ध गरायो विरुवा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २४ भदौ २०८०
    ३७९ पटक
    भक्तपुर, २४ भदौ २०८०

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानले भक्तपुरको चाँगुनारायण १ दुवाकोटस्थित सशस्त्र प्रहरी बल नम्बर २२ गणलाई एभोकाडो लगायतका विरुवा उपलब्ध गराएको छ । अभियानमा ऐक्यबद्धता जनाउदै गणपति दिनेश महतले बिरुवा रोप्ने प्रस्ताव गरेपछि अभियानले विरुवा उपलब्ध गराएको हो ।

    आइतवार अभियानका संयोजक नरेश खड्काको नेतृत्वमा गएका अभियन्ताहरुले एभोकाडो लगायतका बिरुवा सशस्त्र प्रहरी बल नम्बर २२ गणलाई हस्तान्तरण गरेका हुन् । संयोजक खड्काले गणपति रहेका सशस्त्र प्रहरी उपरीक्षक दिनेश महतलाई विरुवा हस्तान्तरण गरेका अभियन्ता बिनोद लामिछानेले बताए । लामिछानेले जानकारी गराए अनुसार एभोकाड़ोका पचाससहित बिभिन्न प्रजातिका विरुवा गरी १ सय पचास बिरुवा सशस्त्र प्रहरी बललाई उपलब्ध गराइएको छ ।

    विरुवा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानका संयोजक नरेश खड्काले आफू नेकपा(माओवादी केन्द्र) को नगर अध्यक्ष भएपनि अभियानमा राजनीति नमिसाइएको जिकिर गरेका छन् । राजनीति गर्नुको उदेश्य समाज बिकास नै भएको भन्दै उनले आफूहरुको अभियानमा सबै राजनीतिक दलका नेताकार्यकर्ताले साथ् र सहयोग गरिरहेका जानकारी गराए ।

    त्यसैगरी अभियन्ता दिनेश खनालले अभियानका परिकल्पनाकार डिपी ढकालले अभियानबारे बताएपछि अभियन्ताहरु जोडिदै जाँदा अभियानले मूर्त रुप लिएको बताए । उनले नगरको पर्यावरण र सुन्दरताको लागि मात्र नभई नगरबासीको स्वास्थ्य र आय आर्जन बढाउँन समेत एभोकाड़ो उपयुक्त विरुवा भएको दावी गरे ।

    कार्यक्रमको सहजीकरण भने राष्ट्रको लागि दुई घण्टा अभियानका महासचिवसमेत रहेका ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानका अभियन्ता नवराज काफ्लेले गरेका थिए । उक्त अवसरमा अभियन्ता काफ्लेले सशस्त्र प्रहरी बल नम्बर २२ गणले सामाजिक अभियानहरुमा देखाएको सहभागिता र सक्रियताको खुलेर प्रशंसा गरेका थिए । अभियन्ता काफ्ले पातन्जल योग, सडक मानवको उद्धार लगायतका अभियानमा समेत आवद्ध अभियन्ता हुन् । उनले सशस्त्र प्रहरी बलले नियमित र बिना स्वार्थ अभियानका लागि जनशक्ति उपलब्ध गराई पुर्याएको योगदान समाज विकाशका लागि उदाहरणीय रहेको स्पष्ट पारे ।

    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी बल नम्बर २२ गणका गणपति रहेका सशस्त्र प्रहरी उपरीक्षक दिनेश महतले आफूहरु समाज बिकाशका जुनसुकै अभियानमा सहभागी हुन सदैव तत्पर रहेको जनाएका छन् । प्रहरी समाजकै लागि भएको भन्दै उनले समाजले प्रहरीलाई सम्झदा र आफूहरुले सहयोग गर्न पाउँदा सन्तोष मिल्ने बताए । गणपति महतले आफ्नो गणले भक्तपुरको ३ ठाउँबाट आपतकालीन सेवा संचालन गरिरहेको जानकारी गराउंदै विपत्तिका बेला सहयोगका लागि सशस्त्र प्रहरी बल तत्पर रहेको समेत बताए । उनले गणमा आउनेजाने बाटोको दुरावस्था अन्त्य र आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने सामानहरुको उपलब्धतामा सहयोग गरिदिन समेत आग्रह गरेका थिए ।

    उक्त अवसरमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की, सशस्त्र प्रहरी निरीक्षक परमेश्वर खड्का त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव एवं अभियानका प्रचार संयोजक संजीप घिमिरे शुभचिन्तक, प्रेस सेन्टरका सचिव एवं अभियन्ता मदन ढुंगाना र अभियन्ताहरु कृष्ण घिमिरे, बिनोद थापा लगायतको पनि उपस्थिति रहेको थियो ।

    के हो ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियान

    पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी घिउफल एभोकाडोलाई चाँगुनारायण नगरपालिकाका प्रत्येक घरमा रोप्ने र फलाउने अभियान नै ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियान हो । अभियान अन्तर्गत ३ वर्षभित्र चाँगुनारायणका १७ हजार घरमा कम्तिमा २ बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्य राखिएको छ ।

    यस अभियानका परिकल्पनाकार एवं मुख्य संरक्षक बौद्धिक नेता डिपी ढकाल हुन् । उनी बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका छन् । नरेश खड्काको संयोजकत्वमा यस अभियानमा सयौं अभियन्ता स्वत:स्फूर्त जोडिएका छन् भने हजारौ परिवार सामेल भएका छन् । ३१ असार २०८० बाट शुरु भएको अभियानले साउनभरमा चाँगुनारायणको सबै वडामा बिरुवा पुर्याएको छ । चाँगुनारायणका सबै घरमा दुई बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्यले कम्तिमा ३ वर्षसम्म संचालन हुने यस अभियान अन्तर्गत यो वर्ष करिब ८ हजार बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...